नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8146 · वि.सं. २०६६
नि.नं. 8146 — जग्गा खिचोला चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सम्पत्तिमा अतिक्रमणका माध्यमले हक स्थापित हुन सक्दैन । अरुको हक स्वामित्वको जग्गामा घर बनाइयो भन्दैमा यसलाई भोगाधिकार वा कव्जा वा चीरभोगको रुपमा मान्यता दिनु न्यायसँगत नहुने । § घर बनाउनेको ११ नं. ले घर भत्काई दिने निर्णय दिन घर तयार भएको मितिले एक वर्षपछि रोकेको हो, सो जग्गाको हक स्वामित्वसमेत घर बनाउने पक्षलाई दिलाउनु पर्छ भनी मान्न नमिल्ने । § केवल घर बनेको १ वर्ष नाघेका कारणले घर भत्काई पाऊँ भन्ने वादी दावी पुग्न नसक्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8146 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला चलन |
| निर्णय वर्ष / मिति | 2065/12/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8146 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
