नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8135 · वि.सं. २०६६
नि.नं. 8135 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कानूनबमोजिम बाहेक कसैले कुनै मानिसको ज्यान मार्न, मार्न लगाउन वा मार्नको लागि उद्योग गर्न नहुने भन्ने व्यवस्था भएबाट आपसी सहमतिमा विष सेवन गरी मुत्यु हुन गएमा आपराधिक दायित्वबाट कसैलाई उन्मुक्ति दिन कानूनतः नमिल्ने । (प्रकरण नं.४) § मर्नुअघि होस छँदै मृतकले आफ्नो मृत्युको कारणका सम्बन्धमा व्यक्त गरेको कुरा र कुनै घटनाका सम्बन्धमा सो घटनाबाट पीडित मानिसले मौकामा व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा १० र ११ अनुसार प्रमाणमा लिन मिल्ने । (प्रकरण नं.५) § उमेर नपुगेका बालबालिकाको पूर्णरूपमा शारीरिक एवं मानसिक विकास भइसकेको नहुने र उनीहरूमा वयष्क मानिस सरह आपराधिक मस्तिष्क (Mens Rea) को विकास समेत नहुने हुँदा उनीहरूलाई वयष्क मानिस सरह सजाय नगरी उनीहरूको शारीरिक र मानसिक अपरिपक्वता उपर विचार गरी उनीहरूको सर्वोत्तम हित (Best Interest) का लागि आवश्यकताअनुसार उन्मुक्ति, छूट वा सुविधा प्रदान गरी तुलनात्मक रूपमा कम सजाय गरिनुपर्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8135 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2065/12/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8135 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
