नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8132 · वि.सं. २०६६

नि.नं. 8132 — निर्णय दर्ता बदर जग्गा हक कायम खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ हदम्यादको प्रश्न कानूनी प्रश्न भएकाले अदालतले यो बिषयलाई जहिले पनि उठाउन सक्ने । § कानूनले निर्धारित गरेको हदम्यादभित्र फिराद परे नपरेको हेरी हदम्यादभित्र परेको नदेखिएमा त्यस्तो हदम्याद नाघेको फिरादको आधारमा निर्णय दिन नसकिने भई सो फिराद खारेज गर्नुपर्ने । (प्रकरण नं.२) § अचल सम्पत्तिमा रहेको आफ्नो हक स्वामित्वको संरक्षण सो सम्पत्तिको स्वामित्व धारण गर्ने व्यक्ति स्वयंले गर्नुपर्ने र अरु कसैले सो हक अपहरण गरेको थाहा पाएको अवस्थामा नै कानूनी उपायको अवलम्बन गर्नुपर्ने । § कानूनले निर्धारण गरेको समयावधिभित्र कानूनी उपायको अवलम्बन नगरे सो समयावधिपश्चात् अर्थात हदम्याद नघाई कानूनी उपचार खोज्नेलाई अदालतले सहयोग गर्न नसक्ने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8132
मुद्दाको विषयनिर्णय दर्ता बदर जग्गा हक कायम खिचोला
निर्णय वर्ष / मिति2065/12/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8132
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्