नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8128 · वि.सं. २०६६
नि.नं. 8128 — उत्प्रेषणसमेत ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ LC मार्फत् कारोवार गर्नुको मूलभूत उद्देश्य वैंकमार्फत् र वैंकका माध्यमबाट कारोवार हुने हुँदा विक्रेता वा सप्लायर्स वा जोसुकै होस् आफ्नो मालको आपूर्ति गरिसकेपछि त्यसको भुक्तानी निश्चितरूपमा प्राप्त हुन्छ र भुक्तानी डुब्दैन भन्ने हुने । (प्रकरण नं.६) § मध्यस्थले करारीय विवादमा, विवादका पक्षहरूले गरेको सम्झौताको शर्त र व्यवस्थाभन्दा वाहिर गएर Award दिन नसक्ने । § मध्यस्थलाई कुनै स्वविवेकीय अधिकार हुँदैन । मध्यस्थको अधिकार सम्झौतामा सीमित रहन्छ । यदि मध्यस्थले सम्झौताको शर्त र व्यवस्थाभन्दा बाहिर गई Award दिन्छ भने त्यस्तो मध्यस्थले Excess Of Jurisdiction गरेको मानिने । (प्रकरण नं.१०) § मध्यस्थको Award उपर असाधारण अधिकारअन्तर्गत सुनुवाइ गर्दा तथ्यभित्र प्रवेश गर्ने र प्रमाण वुझ्ने काम गर्न नहुने रिट निवेदनसम्बन्धी मान्य सिद्धान्तमात्र होइन करारीय विवादमा धारा ८८(२) को असाधारण अधिकार क्षेत्रअन्तर्गतको Public Law को उपचार प्राप्त हुन नसक्ने र Private Law को उपचारमात्र प्राप्त हुनसक्ने मान्य सिद्धान्त, Usage र Pratice समेत विपरीत हुनसक्ने भएकोले सो सम्बन्धमा मध्यस्थको Award उपर अन्य विकल्पको व्यवस्था गर्दा मध्यस्थको कारवाही छिटो छरितो, सुलभ र मान्य सिद्धान्त अनुकूल हुनसक्ने । (प्रकरण नं.२०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8128 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणसमेत । |
| निर्णय वर्ष / मिति | 2065/10/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको रायसँग सहमत नभएकोले अन्य प्रश्नमा विचार गरिरहन परेन प्रस्तुत मुद्दा निर्णयार्थ पूर्ण इजलासमा पेश गर्नु भन्नेसमेत व्यहोराको माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको राय | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको रायसहित संयुक्त इजलासको मिति २०५९।१।३ को आदेश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको राय मनासिव छ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8128 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
