नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8123 · वि.सं. २०६६
नि.नं. 8123 — उत्प्रेषणयुक्त परमादेश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विद्युत खपत गरेबापतको विद्युत महसूल बुझाई सकेको छु भनी भन्न नसकी विपक्षी नेपाल विद्युत प्राधिकरण वेलवारीले निवेदकको उद्योगमा जडान भएको लाइन काटेको कार्यलाई कानूनविपरीतको कार्य मान्न नमिल्ने । (प्रकरण नं.४) § निवेदकले विद्युत प्राधिकरणले लाइन काटिदिएको कारणबाट आफूलाई पर्न गएको हानी नोक्सानीको क्षतिपूर्ति बापतको रकम दिलाई भराई पाऊँ भनी कानूनबमोजिम पुनरावेदन अदालतमा जानुपर्नेमा कानूनले प्रदान गरेको वैकल्पिक उपचारको बाटो अवलम्बन नगरी यस अदालतको असाधारण अधिकारक्षेत्रको बाटो अंगाली रिट क्षेत्रबाट प्रवेश गरेको कार्य कानूनसंगत नदेखिने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8123 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश । |
| निर्णय वर्ष / मिति | 2066/02/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री प्रेम शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8123 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
