नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8118 · वि.सं. २०६६
नि.नं. 8118 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मानो छुट्टिएको वा मानो जोडिएको लिखत गरेको अवस्थामा रजिष्ट्रेशन गराउनु पर्ने वाध्यात्मक कानूनी व्यवस्था रहेकोमा केवल बाबुसंग मानो छुट्टिएको र हजुरआमा र बाबुबीच परेको मुद्दामा पहिले वारेस बसी पछि हजुरआमाको मृत्युपछि मुद्दा सकार गरेको कारणमात्र दाजु भाइका बीचमा मानो छुट्टिएको पर्याप्त आधार बन्न नसक्ने । (प्रकरण नं.४) § रीतपूर्वकको बण्डापत्र नभएको अबस्थामा नावालकले गरिदिएको लिखतमा छुट्टिभिन्न भैसकेको व्यहोरा उल्लेख भएको भन्ने आधारमा मात्र वादीहरूले पाउने अंश जस्तो नैसर्गिक हकबाट बञ्चित गर्न न्यायका मान्य सिद्धान्त समेतले नमिल्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8118 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2066/03/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रेम शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8118 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
