नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8114 · वि.सं. २०६६

नि.नं. 8114 — उत्प्रेषण परमादेश समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ समानताको हकको प्रथम शर्त कानूनको दृष्टिमा अर्थात् कानूनको समानतापूर्ण नीति र व्यवहारको सुनिश्चिततामा हुने । (प्रकरण नं.६) § राज्यद्वारा नागरिकका सम्बन्धमा गरिने व्यवहार, उपलब्ध हुने सुविधा, अवसर आदिमा विभेद गर्न नहुने । § नागरिकको समानताको हक भन्नाले समानहरूका बीचमा समान र असमानहरूका बीचमा असमान व्यवहार गर्नु पर्ने भन्ने हुने । (प्रकरण नं.७) § ऐन नियममा भएको व्यवस्थालाई नयाँ ऐन नियमले जे जति हदसम्म निरन्तरता, बचाउ वा संरक्षण गरेको छ, सो हदसम्म मात्र कायम रहने हो । सो बाहेक पुरानो खारेज भैसकेको ऐन नियमको व्यवस्था कायम रहन नसक्ने । § पुरानो नियमको व्यवस्थालाई नयाँ ऐन नियमले निरन्तरता, बचाउ वा संरक्षण दिएकोमा पनि त्यसपछि आएको ऐन नियमले सो निरन्तरता, बचाउ वा संरक्षणको व्यवस्था कायम राखेन भने त्यसरी निरन्तरता, बचाउ वा संरक्षण गर्न छाडेको मितिदेखि सो व्यवस्था स्वतः खारेज भए सरह हुने । § (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8114
मुद्दाको विषयउत्प्रेषण परमादेश समेत
निर्णय वर्ष / मिति2065/11/15
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह | माननीय न्यायाधीश श्री सुशीला कार्की
मुद्दा नं.०६४-WS-००३३
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8114
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्