नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8070 · वि.सं. २०६६

नि.नं. 8070 — कीर्ते जालसाजी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अन्य मुद्दासँग नजोडिएको अवस्थामा जालसाजी मुद्दालाई जहिले पनि व्यक्तिवादी फौजदारी मुद्दाका रुपमा मान्यता दिइएको अवस्था हुँदा त्यस्तो जालसाजी मुद्दालाई सरकारी मुद्दा सम्बन्धी ऐनको अुनसूची– १ का आधारमा भनी सरकार वादी भै चलाउन सक्ने अवस्था नदेखिने । (प्रकरण नं.४) § अ.बं ८२ नं. ले सरकार वादी हुने मुद्दा र घूस खाने, माग्ने सरकारी कर्मचारीकै हस्ताक्षरको लिखितको सबूद लिई नालिस गरेको घूस मुद्दामा जोसुकैले नालिस गरे पनि हुने र अन्य मुद्दामा हकदैयाविहीन व्यक्तिले दिएको नालिस लाग्न नसक्ने कानूनी व्यवस्थाले हकदैयाविहीन नालिसले मुद्दाको स्वरुप नै ग्रहण गर्न नसक्ने भन्ने देखिन्छ । हकदैया भनेको कुनै पनि विवादको न्यायिक निरुपणका लागि अदालतमा प्रवेश गराउने आधार हो । हकदैया सम्बन्धी सिद्धान्तले एकाको हकमा अर्काले नालिस वा उजूर गर्न अनुमति प्रदान नगर्ने । § जसको हक पुग्ने हो उसले बाहेक अन्य व्यक्ति वा निकायले मुद्दा दायर गर्न सक्ने अवस्था नहुने हुदाँ त्यसरी हक पुग्ने बाहेक अन्य व्यक्ति वा निकायले दायर गरेको मुद्दा अ.वं. ८२ नं. का आधारमा खारेज हुने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8070
मुद्दाको विषयकीर्ते जालसाजी ।
निर्णय वर्ष / मिति2065/11/22
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री तपबहादुर मगर | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारीको रायसँग सहमत हुन सकिएन | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलेको राय | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको रायसँग सहमत हुन सकिएन | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारीको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०६२।२।२० को आदेश | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको राय सदर हुनुपर्छ भनी वहस प्रस्तुत गर्नुभएको थियो | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारीको राय सदर हुनु पर्छ भन्ने व्यहोराको बहस जिकिर  प्रस्तुत गर्नुभएको थियो | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारीको राय मनासिव ठहर्छ
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8070
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्