नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8069 · वि.सं. २०६६
नि.नं. 8069 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ घटनाको कारणका रुपमा प्रस्तुत गरिएको तथ्य अन्य स्वतन्त्र प्रमाणहरूबाट पनि प्रमाणित भएबाट सो वयान स्वेच्छा प्रतिकूलको भनी अदालत समक्ष दावी लिँदैमा त्यस्तो वयानको प्रामाणिक मूल्यमा प्रश्न उठाउन नमिल्ने । (प्रकरण नं.४) § लाश प्रकृति मुचुल्काले बाहिरबाट देखिने लाशको अवस्थाको सामान्य चित्रण मात्रै गर्ने र त्यसरी मुचुल्का तयार गर्दा विशेषज्ञको उपस्थिति नरहने यथार्थतालाई पनि विर्सन नमिल्ने । § सामान्य अवस्थामा बाहिरबाट हेर्दा नदेखिने कतिपय घाउ, चोट, दाग वा चिन्ह शव परीक्षणका क्रममा देखिनुलाई अन्यथा मान्न नसकिने , किनभने शव परीक्षण भनेको शवको बाहिरी तथा भित्री सम्पूर्ण अवस्थाका सम्बन्धमा विशेषज्ञद्वारा गरिने विशेष अध्ययन, अनुसन्धानयुक्त परीक्षण भएकाले त्यस्तो परीक्षणबाट शवमा रहेका मृत्युअघि (Ante-Mortem) र मृत्युपछि (Post-Mortem) का सबै लक्षणहरूको पहिचान गरिने हुँदा त्यस्तो परीक्षणबाट देखिएको चिन्ह लाश प्रकृति मुचुल्कामा नदेखिएको अवस्थालाई ती दुई प्रमाणका बीचमा तादात्म्यता नरहेको भनी संज्ञा दिन नमिल्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8069 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2065/11/22 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री तपबहादुर मगर | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारीको रायसँग सहमत हुन नसकिएकोले सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको राय | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको रायसँग सहमत हुन नसकिएको हुँदा सर्र्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारीको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०६२।२।२० को आदेश | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको राय सदर हुनु पर्छ भनी वहस जिकिर प्रस्तुत गर्नु भएको थियो | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारीको राय सदर हुनुपर्दछ भनी वहस जिकिर प्रस्तुत गर्नु भएको थियो | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको राय मनासिव ठहर्छ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8069 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
