नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8068 · वि.सं. २०६६

नि.नं. 8068 — उत्प्रेषण समेत ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लागू औषधको परिभाषा र लागू औषध नियन्त्रणको विषयलाई समय सापेक्ष रूपमा पुनरावलोकन गर्दै नजाने हो र एकपटक औषधीका रुपमा मान्यता दिइएको पदार्थलाई सदैव सोही रुपमा छाडिदिने हो भने त्यसले लागू औषधको उत्पादन, निर्माण, खरीद–बिक्री, सञ्चय, ओसार पसार, सेवन तथा निकासी पैठारी समेतमा नियन्त्रण होइन, प्रोत्साहन मिल्न जाने । § मनोद्दिपक पदार्थ (Pschycotropics substances) अन्तर्गत पार्नुपर्ने पदार्थलाई लागू औषधको सूचीमा समावेश गरिएको वा औषधी ऐन, २०३५ को सट्टामा लागू औषध (नियन्त्रण) ऐन, २०३३ लागू हुने भन्ने कुराले कसैको मौलिक अधिकारमा अनुचित बन्देज लाग्ने अवस्था नहुँने र संविधान प्रतिकूल पनि नहुने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8068
मुद्दाको विषयउत्प्रेषण समेत ।
निर्णय वर्ष / मिति2065/11/29
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री गौरी ढकाल | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.२०६३-WS-००४२
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8068
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्