नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8060 · वि.सं. २०६६

नि.नं. 8060 — उत्प्रेषणयुक्त परमादेश जारी गरिपाऊँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ रीतपूर्वक म्याद तामेल नभै मुद्दा लङ्गडो हुन्छ भने सो को नकारात्मक प्रतिफल समुच्चा न्याय व्यवस्था र यसमा संलग्न हामी सवै माथि पर्ने हुन्छ । जुन आफैमा दुर्भाग्यपूर्ण भई प्रत्युतपादक समेत हुन्छ । अदालतमा आजको दिनमा पनि यसरी त्रुटिपूर्ण म्याद तामेल गरी भएको फैसलाको विवादलाई रिट क्षेत्रवाट हेर्न पर्ने अवस्था आउनु निश्चय पनि राम्रो अवस्था होइन । यसवाट जनताको साधन स्रोत र महत्वपूर्ण समयको वर्वादी हुन्छ भने यस्तो विषयमा अलमलिनु पर्नाको कारण अदालतको अरु महत्वपूर्ण मुद्दामा दिनुपर्ने समयको वर्वाद हुन्छ । यस विषयमा हामी सवैले गम्भीरतासँग सोच्नै पर्दछ । अझ प्रस्तुत विवाद नेपाली नेपाली बीचको मात्र नभै विदेशी कम्पनी समेत संलग्न भएको विवाद भएको अवस्थामा नेपालको न्याय व्यवस्थाप्रति उनीहरूले राख्नसक्ने धारणाप्रति हामी गम्भीर हुनुपर्ने । (प्रकरण नं.७) § अदालतवाट तामेल हुने म्यादको सम्बन्धमा भविष्यमा यस्तो गल्ती पुनरावृत्ति नहुने व्यवस्थाको निमित्त यसमा कार्यरत् कर्मचारीको दक्षता अभिवृद्धि गर्ने र म्याद तामेल कार्य अझ वढी प्रवावकारी बनाउन के कस्तो कदम चाल्नु पर्दछ त्यसतर्फ आवश्यक कदम उठाउन यो फैसलाको प्रतिलिपि सर्वोच्च अदालत मुद्दा व्यवस्थापन समितिलाई उपलव्ध गराउने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8060
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश जारी गरिपाऊँ
निर्णय वर्ष / मिति2065/01/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8060
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्