नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8030 · वि.सं. २०६५
नि.नं. 8030 — मोही तेरो मेरो ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सर्वोच्च अदालतले एक पटक आफैंले सम्पूर्ण तथ्य र कानूनी प्रश्नको निरुपण गरी ठहर फैसला गरेको अवस्थामा सो फैसला पुनरावलोकन गरी हेर्ने व्यवस्था अत्यन्त विशिष्ट र विषेश प्रकारको हुँदा पुनरावलोकनको आदेश भएको मुद्दाको सुनुवाईको लागि सीमित दायरा तोकिनु उचित र विवेकसम्मत रहने । § अन्य मुद्दा मामिलाको जस्तो सामान्य प्रक्रियावाटै पुनरावलोकन गरी हेर्ने आधार राख्ने हो भने संविधानको अन्तिम ब्याख्याताको रुपमा संबैधानिक सर्वोच्चता कायम राख्ने गहन जिम्मेवारी पाएको यस अदालतले एउटै मुद्दामा पटक—पटक अलमलिनु पर्ने अवस्था उत्पन्न भई महत्वपूर्ण विषयहरु ओझेलमा पर्न जाने । (प्रकरण नं.४) § मोहियानी हक कानूनद्वारा सिर्जित हक भएकोले यसको प्राप्ति र समाप्ति समेत कानून बमोजिम नै हुने । (प्रकरण नं.१४) § गुठी धर्मलोपमा उजूर गरेको आधारमा गुठी जग्गाको मोही हक प्राप्त हुने कानूनी व्यवस्था गुठी संस्थान ऐन, २०३३ र भूमि सम्बन्धी ऐन, २०२१ लगायतका प्रचलित नेपाल कानूनले गरेको नदेखिंदा कानूनी आधार वेगरको जिकिर ग्रहण योग्य नदेखिने । (प्रकरण नं.१६) शुरु निर्णय गर्नेः भू.सु.अ.श्री उमानाथ शर्मा ज्ञवाली पुनरावेदन निर्णय गर्नेः मा.न्या.श्री माधवराज थापा मा.न्या.श्री केशवप्रसाद मैनाली सर्वोच्च अदालत संयुक्त इजलासः मा.न्या.श्री भैरवप्रसाद लम्साल मा.न्या.श्री बलिरामकुमार
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8030 |
|---|---|
| मुद्दाको विषय | मोही तेरो मेरो । |
| निर्णय वर्ष / मिति | 2065/11/22 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री ताहिरअलि अन्सारी | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला |
| मुद्दा नं. | 064-NF-0004 | 065-NF-0010 |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६५, नि.नं. 8030 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
