नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8027 · वि.सं. २०६५
नि.नं. 8027 — वन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सैनिक ऐन अन्तरगतको काम कारवाहीमा यस अदालतले अ.वं. १७ नं. को Correctional jurisdiction ग्रहण गर्न सक्तैन । तर अधिकार नभएको अधिकारीको आदेशले थुनामा राखिएको वा थुनामा राख्ने कानूनी व्यवस्था नभएकोमा पनि थुनामा राखेको वा कानूनले थुनामा राख्न सक्ने अवधिभन्दा वढी अवधि थुनामा राखेको अवस्थामा वन्दीप्रत्यक्षीकरणको निवेदनबाट यस अदालतले उचित उपचार प्रदान गर्नसक्ने । (प्रकरण नं.६) § मुद्दा हेर्ने अधिकारीको निष्पक्षता, स्वतन्त्रता (fairness) र शुरु तहले गरेको सजायमा चित्त न वुझे एक तह पुनरावेदन गरी तल्लो तहले गरेको सजाय जचाँउन पाउने व्यवस्था Civil court वा सैनिक अदालत दुवै अदालतको Common व्यवस्था हो । (प्रकरण नं.१४) § वन्दीप्रत्यक्षीकरणको निवेदनमा यस अदालतले फैसला सच्याउने वा कानूनबमोजिम तोकिएको अधिकारीले कानूनले दिएको तजविजी अधिकार प्रयोग गरी गरेको ठहर फैसलामा हस्तक्षेप गर्न नमिल्ने तथा सजाय घटाउने वढाउने आदेश गर्न पनि नमिल्ने । (प्रकरण नं.१५) § सैनिक ऐन भिन्न र वेग्लै खालको कानून हो भन्दैमा एक तह पुनरावेदन गर्ने अधिकार, सजाय गर्ने अधिकारीको निष्पक्षता र निष्पक्ष सुनुवाई (fair trial) जस्ता मानव अधिकारका न्यूनतम अधिकारबाट वञ्चित गर्न नहुने । (प्रकरण नं.१८) § सैनिक ऐनअन्तरगतको अधिकार प्रयोग गर्ने अधिकारीहरु खासगरी सैनिक अदालतको न्यायाधीशको अधिकार प्रयोग गर्ने अधिकारीहरु सैनिक ऐनअन्तरगतका अदालती कारवाई र Fair trial सम्बन्धी व्यवस्था र मान्य सिद्धान्तसंग परिचित रहनुपर्छ । सैनिक ऐनबमोजिम सैनिक अदालतको मुद्दा हेर्ने अधिकारीको अनभिज्ञताबाट सैनिक ऐन अन्तरगत कारवाई भएकाहरुको सैनिक ऐनले दिएको अधिकार प्रयोग गर्नबाट रोक्न नमिल्ने । (प्रकरण नं.१९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8027 |
|---|---|
| मुद्दाको विषय | वन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2065/07/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| मुद्दा नं. | 064-WH-००३२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६५, नि.नं. 8027 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
