नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8022 · वि.सं. २०६५

नि.नं. 8022 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ ज्यान सम्बन्धीको १३ नं. अन्तर्गतको अपराधमा ज्यान मार्ने मनसाय निहीत हुन्छ । जोखिमी हतियारले प्रहार गरेकोमा मनसाय नभएपनि वा तत्काल आवेशमा प्रहार गरेको कारण ज्यान मर्न पुगेको भएपनि उक्त १३ नं. आकर्षित हुने । § साधारण लाठा, ढुंगा, लात, मुक्का इत्यादि बाहेक अन्य तरिकाले ज्यान मारेकोमा त्यस्तो आपराधिक कृत्यका सम्बन्धमा ज्यानसम्बन्धीको महलको १४ नं. आकर्षित हुन नसक्ने । § मार्ने मनसाय भन्ने कुरा अघिदेखिको हुनुपर्छ भन्ने होइन । जुनसुकै बखत पनि मार्ने उद्देश्यले कुनै कार्य गरिन्छ भने त्यो कर्तब्य गरी मारेको हत्याकै बर्गमा पर्न जाने । (प्रकरण नं.३) § कुटपिट पश्चात् अर्को कृत्य अर्थात जीउदै बालुवामा पुरेको र सोही कारण निसास्सिएर मृत्यु हुन पुगेको यस्तो निर्दयी र पासविक घट्नालाई ज्यान सम्बन्धीको १४ नं. ले समेट्ने स्थिति नदेखिने । (प्रकरण नं.५) § आफैले गरेको पुनरावेदनबाट न्याय प्राप्त गर्नु अघि नै पुनरावेदनको नतिजालाई निरर्थक वा प्रभावित गर्ने हिसाबले सरकारको अर्को अंगले कैद मिन्हा गर्दा सरकारले गरेको आफ्नै पुनरावेदनको औचित्यमा प्रश्न खडा हुने । § कैद मिन्हा नै दिने लक्ष्य हो भने भएको सजायमा पुनरावेदन गर्नुको प्रयोजन नदेखिँदा सरकारको तर्फबाट एउटा निकायले पुनरावेदन गरेको अवस्थामा सरकार मातहतको अर्को निकायले सो पुनरावेदन बिचाराधीन रहेकै अवस्थामा थुनुवालाई मुक्त गरिदिने कार्यले अदालतबाट भएको फैसला र यसको कार्यान्वयनमा समेत प्रत्यक्ष असर पर्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8022
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2065/03/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 8022
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्