नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8018 · वि.सं. २०६५

नि.नं. 8018 — उत्प्रेषण, परमादेश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ गैरकानूनी र अनियमितढंगले कानुन विपरीत पहिलेकै जहाज दर्ता गरेको भन्ने वोलीसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयमा परेको आधारमा सो निर्णयलाई कार्यान्वयन गर्ने प्रकृया अन्तर्गत अथवा अन्य आधार वा कारणले एउटाको स्वामित्वमा जहाज दर्ता भइरहेकोलाई परिवर्तन गरी अर्कै व्यक्तिको नाममा स्वामित्व कायम गर्नु पर्दा सो गर्नु भन्दा अगाडि पहिलाको दर्तावाट देखिएको जहाजधनी Owner लाई नागरिक उड्डयन प्राधिकरणले बुझ्नु र सुनुवाईको मौका प्रदान गर्नु अनिवार्य हुने । (प्रकरण नं.५) § स्वामित्व हस्तान्तरण गरिएको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग आँफैले निर्णय गरी सोही अनुसार कार्यान्वयन गर्नु भनी उक्त आयोगले स्पष्ट आदेश नदिएको अबस्थामा जहाजको स्वामित्व परिवर्तन गर्ने प्राधिकरणको निर्णय कानून अनुरुप नदेखिने । (प्रकरण नं.६) § नेपालमा दर्ता रहेको विमानको स्वामित्व निश्चित गरी दर्ता गर्ने अधिकार प्राप्त निकाय नागरिक उड्डयन प्राधिकरण भएकोले यसले अन्य निकायको निर्देशानुसार नभई आफै जाँचवुझ गरी निर्णय गर्नुपर्ने । (प्रकरण नं.८) § पुनः निर्णय गर्नु भनी परमादेश समेत जारी भइसकेको र सोही निर्णयबाट अन्य काम कारवाही प्रभावित हुने हुनाले सो निर्णय नहुँदै अन्य विपक्षीहरुको काम कारवाही र निर्णयमा असर पर्ने गरी न्यायिक हस्तक्षेप (Judicial intervention) गर्न नमिल्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8018
मुद्दाको विषयउत्प्रेषण, परमादेश ।
निर्णय वर्ष / मिति2065/08/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिरअली अन्सारी | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 8018
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्