नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 799 · वि.सं. २०३१
नि.नं. 799 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आफू आफूले भोग तिरो गरी जग्गा सट्टापट्टा भोगबन्धकी लिनुदिनुसमेत गरेको र भोगबन्धकी लिखतहरू रजिष्ट्रेशन समेत पास भइराखेको स्थितिमा ऐनबमोजिम पास भएको बण्डापत्र लिखित नभएको भन्ने मात्र कुराले फेरि बण्डा गर्ने भन्ने तर्क उठाउन मिल्ने अवस्था नदेखिने । ऐनबमोजिम रजिष्ट्रेशन पास भएको बण्डापत्र लिखित बेगर बण्डा भइसकेको कायम मान्न नमिल्ने भन्ने डिभिजन बेञ्चमा मा.न्या.श्री ब्रम्हदत्तले तर्क उठाउनु भएको हकमा दुवै भाइको मञ्जुरीले बण्डा गरी आफ्नो भाग बण्डा आफूआफूले भोग तिरो गरी जग्गा सट्टापट्टा भोगबन्धकी लिनुदिनुसमेत गरेको र भोगबन्धकी लिखतहरू रजिष्ट्रेशन पाससमेत भई राखेको यस स्थितिमा ऐनबमोजिम पास भएको बण्डापत्र लिखत नभएको भन्ने मात्र कुराले फेरि अंशबण्डा गर्दा अघि बण्डा लिएदिएको सम्पत्तिमा घटीबढी हुन गई अन्याय पर्न पनि जाने हुनाले फेरि बण्डा गर्ने भन्ने तर्क उठाउन मिल्ने अवस्था देखिँदैन । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 799 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2028/10/24 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री राजा इश्वरीजंगबहादुर सिंहको राय र वादीले दावा गरेअनुसार अंश छुट्याई दिनु पर्ने हो होइन भन्ने प्रस्तुत मुद्दामा निर्णय गर्नुपर्ने बिषय छ । अघि नै बण्डा भइसकेकोले अब बण्डा गर्नु नपर्ने भनी प्रतिवादीले जिकिर लिनु भएको भए पनि बण्डापत्र लिखत पेश गर्न नसक्नु भएको वादीले जग्गा सट्टापट्टा गरेको लिखत र भोगबन्धकी दिई निखनेको लिखतहरूबाट अंशबण्डा भइसकेको देखिन्छ भनी प्रतिवादीले मुख्य सबूत दिनु भएको भए पनि मुलुकी ऐन रजिष्ट्रेशनको १ नं.र तत्कालिन मुलुकी ऐन अंशबण्डाको ४९ नं.र वर्तमान मुलुकी ऐन अंशबण्डाको ३० नं. ले अंशबण्डा गर्दा अंशबण्डा गरी बण्डापत्रको लिखत खडा गरी रजिष्ट्रेशन पास समेत गर्नुपर्ने सोबमोजिम नगरी बण्डा गरेको सदर नहुने व्यवस्था गरेको देखिएकाले घरसारमा भएको कुनै जग्गाको सट्टापट्टा गरेको लिखतको र बन्धकी दिएको घरसारको लिखतको आधारमा बण्डा छुट्टिएको कायम गर्न उल्लिखित रजिष्ट्रेशनको १ नं. अंशबण्डाको तत्कालिन ४९ नं. र वर्तमान ३० नं. ले मिल्ने देखिएन | माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारीको राय भएको ०२७।१२।५।५ को डिभिजन बेञ्चको फैसला । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३१, नि.नं. 799 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
