नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 798 · वि.सं. २०३१

नि.नं. 798 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अरुका नाउँमा लिखत गरी जग्गा आफैंले भोग गरेको कबुलियत लिखत रसिद प्रमाणसमेतबाट देखिए घर जग्गा भोग गर्नेकै हकको देखिन्छ । घरसारको व्यवहार भए पनि त्यसलाई मान्यता नदिई कानूनबमोजिम नै गरेको छ भनी विपक्षी पक्षका अधिवक्ताले दे.फु.नं. २० निर्णय मिति ०२०।९।१६।३ को निवेदक बबुला धुनिया जि.श्रीराम कुर्मी भएको उखडा जग्गाको पोत बुझाई दिलाइपाउँ भन्ने मुद्दामा घरायसमा इमान धर्मबाट कानून मिलाई व्यवहार गरेकै भए पनि झगडा परी अदालतको प्राङ्गणमा आए पछि त्यस इमानधर्मबाट गरेको भनी कानूनले गरेको तरिका नअपनाए पनि हुन्छ पनि भन्न नमिल्ने भनी निर्णय भएको नजीर देखाउनु भएकोलाई सो मुद्दाको उजूरी व्यहोरा र यो मुद्दाको उजूरी व्यहोरा एक मिलानको देखिन आएन । यस मुद्दामा कानूनको तरिका र व्यवहारको परीस्थिति बेगल पनि नभई आफ्ना तहविलको काम गर्ने कारिन्दाहरूका नाममा जग्गा खरीद गरी जग्गा र सो जग्गामा बनेको घरको आयस्ता आफैं भोग गरी तिरो भरो समेत आफ्नै तर्फबाट गरी भएको हुँदा अरूका नाममा लिखत गरी जग्गा आफैंले भोग गरेको कबुलियत लिखत रसिद प्रमाणसमेतबाट देखिनाले जग्गा घर वादीकै हकको देखिन आएको छ । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.798
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2030/11/18
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी | माननीय न्यायाधीश श्री जयदेव भट्ट
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 798
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्