नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 797 · वि.सं. २०३१
नि.नं. 797 — नामसारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नामसारी गरिपाउँ भनी दावी लिएको झगडा परेको जग्गाको मोल विगोबाट नै हद माथिको वा मुनिको हुने । यसमा निर्णयतर्फ विचार गर्दा नामसारी गरिपाउँ भन्ने दावी भई रू.१०। कोर्टफी रहेको विगो नखुलेको मुद्दा हुँदा हदमुनि भई अञ्चल अदालत उपर पुनरावेदन नलाग्ने भनी पुनरावेदन खारेज गर्ने ठहराई डिभिजन बेञ्चबाट निर्णय भएको देखिएको प्रस्तुत मुद्दा हदमुनिको वा हदमाथिको के हो त्यस कुरामा नै निर्णय दिनुपर्ने देखियो । त्यस सम्बन्धमा विचार गर्दा वादीले फिराद गर्दा जग्गा बिगाहा ९–३द्र४ जग्गा नामसारी गरिपाउँ भनी दावी लिई रू.१०। कोर्टफी राखी मुद्दा दायर गरेको देखिन्छ । नामसारी गरिपाउँ भन्ने दावी लिई फिराद गरेकोमा नेपाल कोर्टफी ऐनले मोल विगोबाट कोर्टफी लाग्ने नभई रू.१०। कोर्टफी लाग्ने नभई रु.१०। कोर्टफी लाग्ने किटानी व्यवस्था भएकोले वादीले मोल विगो उल्लेख गर्नुपर्ने व्यवस्था नभएको न्यायप्रशासन विविध व्यवस्था ऐन, २०१८ को दफा ८ को उपदफा २ को खण्ड (क) मा झगडा परेको वा दावा गरेको बिषयको मोल विगो पाँच हजारभन्दा बढी भएको मुद्दामा अञ्चल न्यायाधीशको निर्णयउपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने भन्ने र खण्ड (ग) को १ मा खण्ड (क) बमोजिम हदमुनि हुने मुद्दा मामिलामध्ये मोल बिगो ३००० रुपैयाँ भएको मुद्दामामिलामा जिल्ला न्यायाधीशको निर्णयमा अञ्चल न्यायाधीशको राय नमिले पनि मिले पनि अपील लाग्ने छैन र सो बाहेक अरूमा राय मिलेमात्र अपील लाग्ने छैन भन्ने उल्लेख भएकोबाट वादीले नामसारी गरिपाउँ भनी दावी लिएको झगडा परेको जग्गा विगाहा ९।३ऽ४ को मोल विगोबाट नै हदमाथिको वा मुनिको हुने उक्त ऐनमा व्यवस्था भएको देखिएको देखिन्छ । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 797 |
|---|---|
| मुद्दाको विषय | नामसारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2030/11/18 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान | माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३१, नि.नं. 797 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
