नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 796 · वि.सं. २०३१

नि.नं. 796 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अ.वं.८५ नं.— (क) मुद्दा भन्ने शब्दले दुई पक्षका बीच मुख नमिलेको इन्साफ गरी ठहराउन पर्ने खास विवादको बिषयलाई संकेत गरेको मान्नुपर्ने । (ख) नगदी पोतमा जोतेको नठहरी फैसला भई हारिसकेको जग्गालाई मोहियानीमा जोतेको भनी जो.अ.नि. लिएको कायम राखेमा अ.बं. ८५ नं. को विपरीत हुन जाने । जहाँसम्म अ.बं.८५ नं. को प्रश्न छ त्यसमा अड्डामा मुद्दा परी फैसला भएपछि सो फैसलाउपर कानूनबमोजिमको अपील नभई उसै झगडियाको नामको फिरादपत्र लिई सुन्न नहुने व्यवस्था भएको पाइन्छ, त्यसमा उल्लेख भएको मुद्दा भन्ने शब्दले झगडाको बिषयको नाममात्रलाई संकेत गरेको हो कि भन्ने सम्झन प्रस्तुत विवादमा जस्तै पहिले एउटा ऐनअन्तर्गत मुद्दा परी हारिसकेकोमा पछि फेरि अर्कै ऐनअन्तर्गत उसै जग्गामा अर्कै किसिमले दावी लिई मुद्दा चलेकोबाट झगडाको बिषयको नाम फरक हुनु स्वाभाविक हुन्छ । त्यसरी झगडाको बिषयको नाममात्रलाई संकेत गरेको मानेमा वास्तविक तथ्य एउटै भएको कुरामा पनि झगडाको बिषयको नाम फरक पारी हार्ने पक्षले मुद्दा चलाई राख्न पाउने भई झगडाको अन्त कहिले पनि हुँदैन । त्यस्तो स्थिति पर्न जाने गरी विधायिकाले ऐनमा उक्त शब्दको उल्लेख गरेको भन्ने अर्थ गर्न मिल्दैन । उक्त मुद्दा भन्ने शब्दले दुई पक्षको बीच मुख नमिलेको इन्साफ गरी ठहराउनुपर्ने खास विवादको बिषयलाई नै संकेत गरेको मान्नुपर्छ । पहिले परेको उखडा र पछि परेको जो.अ.नि.बदर दुवै मुद्दामा दुई पक्षका बीच मुख नमिलेको इन्साफ गरी ठहराउनुपर्ने विवादको मूल बिषय विपक्षी छोटकुले अघिदेखि नगदी पोतमा जोती आएको हो होइन भन्ने एउटै भएको माथि पनि व्यक्त गरिसकिएको छ । (प्रकरण नं. १२) उखडा सम्बन्धी ऐन, २०२१ लागू हुनुभन्दा अगाडिदेखि जग्गाधनीलाई नगदी पोत तिर्ने गरी किसानले जोतिआएको जग्गा उखडा कायम भई उक्त ऐनको दफा ३ अनुसार जग्गाधनीको हक समाप्त हुने र किसानको नाममा नम्बरी दर्ता हुने हो त्यस्तो जग्गा भूमिसम्बन्धी ऐनअन्तर्गत किसानको मोहियानी हक मात्र कायम हुने होइन, त्यसकारण पहिले परेको उखडा मुद्दामा विपक्षी छोटकुको जिकिरअनुसार निजले नगदी पोतमा जोतेको नै नठहरी फैसला भई हारिसकेको त्यसै जग्गालाई अघिदेखि नगदी पोतमा जोतिआएको भन्ने उही कुराकै आधारमा भूमिसम्बन्धी ऐनअन्तर्गत मोहियानीको जो.अ.नि.लिएको कायम हुनसक्ने देखिँदैन । त्यसरी एकपटक मुद्दा परी हारी सकेको जग्गालाई मोहियानीमा जोतेको भनी जो.अ.नी.लिएको कायम राखेमा अ.बं.८५ नं. समेतको विपरीत हुन जाने प्रष्ट छ । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.796
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2030/10/01
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 796
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्