नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7955 · वि.सं. २०६५

नि.नं. 7955 — उत्प्रेषणयुक्त परमादेश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कानूनको समान संरक्षणले निरपेक्ष समानताको अवस्थाको कल्पना नगरी समानता भन्ने कुरा समानहरुको बीचमा मात्र लागु हुने, असमानहरु बीच समानता कायम हुन नसक्ने । § अमूक समूहलाई फरक समूह वा बर्ग अन्तर्गत पर्ने भएकोले फरक व्यबहार गरिएको हो भनी राज्यले उचित रुपमा बर्गीकरण गरी सोको औचित्यता पुष्टी गर्नुपर्ने । § एकै अवस्था र हैसियत भएकाहरु बीच फरक व्यवहार गर्दा राज्यले अनुचीत रुपमा बर्गीकरण गरी असमान स्थिती रहेको भनी दिएका आधारहरु औचित्यपूर्ण हुन नसक्ने । (प्रकरण नं.९) § संबिधानमा उल्लेख भएको समानताको हकको प्रयोजनको लागि जहाँनेर दुई भिन्न बर्ग वा समुहका फरक फरक अवस्था र आधार भएको भनी दावी लिइन्छ त्यस्तो फरक व्यवहार गर्दा लिइएका आधारको सो बर्गीकरणसंग औचित्यपूर्ण सम्बन्ध (rational Nexus) छ छैन भनी हेर्नुपर्ने । § समानहरुका वीच समानता कायम हुने भन्ने सन्दर्भमा असमान व्यवहार गर्न परेको कारण पनि औचित्यपूर्ण हुनुपर्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7955
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश ।
निर्णय वर्ष / मिति2065/02/13
न्यायाधीशमाननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री दामोदर प्रसाद शर्मा | माननीय न्यायाधीश श्री तपवहादुर मगरको व्यक्तिगत सुरक्षा अधिकारीको रुपमा कार्यरत रहेको  थिएं । यसै गरी सर्बोच्च अदालत तथा पु.वे.अ.का मुख्य न्यायाधीशहरुको व्यक्तिगत सुरक्षाका लागि सुरक्षाकर्मी खटिई कार्यरत रहेको अवस्था विद्यमान छ । सम्मानित सर्बोच्च अदालतका माननीय न्यायाधीशहरु र पुनरावेदन अदालतका मुख्य न्यायाधीशहरुको सुरक्षाका लागि राज्यद्वारा उपलव्ध गराइएका निजी सुरक्षाकर्मीहरुलाई यस्तै प्रकृतिका सुरक्षाको काममा खटिएका अन्य संवैधानिक निकायका सुरक्षाकर्मीहरुले पाए सरहको दैनिक खाजा भक्ता उपलव्ध गराउन मन्त्रीपरिषद्को वैठकमा प्रस्ताव पेश गर्न अर्थ मन्त्रालयमा लेखि पठाउने भन्ने सर्बोच्च अदालतको पूर्ण वैठकवाट मिति २०६४।४।७ मा निर्णय भए अनुसार सर्बोच्च अदालतका सुरक्षाकर्मीहरुलाई पनि अन्य पदाधिकारीको सुरक्षाकर्मीलाई उपलव्ध गराईए सरहको खाजा खर्च उपलव्ध गराई दिने व्यवस्थाका लागि आवश्यक कारवाही गरी दिनु हुन भनी पत्राचार समेत भएको थियो । त्यस अनुसार मिति २०६४।४।३१ को च.नं. ४ को पत्र मार्फत अर्थ मन्त्रालयवाट कानून मन्त्रालयलाई सर्बोच्च अदालतका माननीय न्यायाधीश | माननीय न्यायाधीश श्री तपवहादुर मगरको सुरक्षामा खटिई कार्यरत रहेको मिति २०६३।८।१७ देखि २०६४।९।१७ सम्मको दैनिक खाजा भत्ता वापतको म निवेदकले पाउनु पर्ने रकम हिसाव गरी तुरुन्त निवेदकलाई उपलव्ध गराउनु र सो को जानकारी सम्मानित सर्बोच्च अदालत समेतलाई दिनु भनी विपक्षीहरुका नाउँमा उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरिपाऊँ भन्ने समेतको निवेदन । | माननीय न्यायाधीश श्री तपवहादुर मगरको सुरक्षामा खटिई कार्यरत रहेका निजी सुरक्षा अधिकारी यी निवेदकलाई र यस्तै समान हैसियत रहेका सर्बोच्च अदालतका न्यायाधीश एवं पुनरावेदन अदालतका मुख्य न्यायाधीशहरुको सुरक्षा अधिकारीका रुपमा खटिएका अन्य सुरक्षाकर्मीहरु समेतलाई निजहरुले उल्लेखित न्यायाधीशहरुको निजी सुरक्षा अधिकारी (
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 7955
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्