नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7951 · वि.सं. २०६५

नि.नं. 7951 — संविधानसँग वाझिएको कानून अमान्य गरी परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ केवल संविधानको यो यस धारासँग कुनै अमुक कानुनको अमुक व्यवस्था वाझिएको भनेर मात्र नपुग्ने वाझिएको भन्ने पुष्टि गर्न सक्नुपर्ने । (प्रकरण नं.६) § नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय सन्धिद्वारा राज्य उपर सिर्जित दायित्व राज्यले पुरा गर्दै जाने कुरा हो । अन्तर्राष्ट्रिय सन्धिको ब्यवस्था राष्ट्रिय कानुन सरह हुने र राष्ट्रिय कानून बाझेमा अन्तर्राष्ट्रिय सन्धिको व्यवस्था नै मान्य हुने व्यवस्था भएपनि अन्तर्राष्ट्रिय सन्धिमा उल्लेखित प्रावधानको विपरीत राष्ट्रिय कानुन रहे नरहेको भनी तत्कालिन संविधानको धारा ८८(१) र हालको संविधानको धारा १०७(१) अनुसार न्यायिक पुनरावलोकन गर्न नमिल्ने । (प्रकरण नं.७) § सामाजिक ब्यवहार गर्ने ब्यक्तिहरुको स्वयंमा सामाजिक व्यवहार खासगरी विवाहमा वढी र फजुल खर्च गर्न हुँदो रहेनछ भन्ने चेतना जागी ऐनको प्रभावकारी कार्यान्वयन हुनमा मद्दत गर्ने हुनाले नेपाल सरकारले सामाजिक ब्यवहार (सुधार) ऐन,२०३३ पाठ्यक्रममा समावेश गराउनु पर्ने । § कार्यपालिकाले कानून उल्लघन भएको हेरेर चश्मदित गवाह मात्र भएर बस्नु उचित नहुने भएकाले उक्त ऐनको अक्षरशः परिपालना गर्नु गराउनु । ऐनको ब्यवस्थाको परिपालना भए नभएको सम्बन्धमा आवश्यक संयन्त्र निर्माण गरी प्रभावकारी अनुगमन गर्नु गराउनु पर्ने। (प्रकरण नं.१५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7951
मुद्दाको विषयसंविधानसँग वाझिएको कानून अमान्य गरी परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाऊँ ।
निर्णय वर्ष / मिति2065/03/26
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनुपराज शर्मा | माननीय न्यायाधीश श्री बलराम के.सी.
मुद्दा नं.०६३-WS-००१९
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 7951
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्