नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7949 · वि.सं. २०६५

नि.नं. 7949 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ शेयरधनीलाई बैङ्क वा कम्पनीलाई नै प्रतिनिधित्व गर्ने वा बैङ्क वा कम्पनीको तर्फबाट मुद्दा गर्ने वा बैङ्क वा कम्पनीको सम्पत्ति आफ्नै सम्पत्ति हो भन्ने हक प्राप्त हुँदैन र यी आधारमा बैङ्क वा कम्पनीको तर्फवाट मुद्दा गर्न सक्दैन तर शेयरधनीको नाताले कम्पनीको हितमा आफ्नो पनि हित गाँसिएको हुँदा आफ्नो हकमा मुद्दा गर्ने हक प्राप्त हुने । § शेयरधनीले सिङ्गो बैङ्क वा कम्पनीलाई प्रतिनिधित्व गर्न नसक्ने । (प्रकरण नं.९) § कम्पनीको मामलामा शेयरधनीको Locus standi को वारेमा फराकिलो दृष्टिकोणले हेर्नुपर्ने । § देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको बैङ्कहरु सञ्चालन हुन नसकेको कारणले देशको Central Bank ले नियन्त्रणमा लिई सञ्चालन गर्नुपर्ने बिषयलाई महत्वपूर्ण कानूनी प्रश्न समावेश भएको सार्वजनिक सरोकारको बिषय होईन भन्न सकिदैन र यस्तो विवादलाई Public Interest Litigation भन्नुपर्ने । (प्रकरण नं.११) § देशको राज्य सञ्चालन गर्ने काम कानून बमोजिम गठित संस्थान वा निकायलाई राज्यकै instrumen- tality of the state मान्नु पर्ने हुँदा त्यस्ता निकायहरुले गर्ने कामहरु मध्ये कानूनले नै गोप्य राख्नुपर्छ भनेको कुरा र राष्ट्रिय सुरक्षा जस्ता संवेदनशील बिषयका कुराहरु वाहेक अन्य सम्पूर्ण काममा गोपनियता नभई पारदर्शीता हुनुपर्ने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7949
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2064/04/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वलराम के. सी. | माननीय न्यायाधीश श्री गौरी ढकाल
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 7949
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्