नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7948 · वि.सं. २०६५

नि.नं. 7948 — उत्प्रेषण मिश्रित परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरीपाउं ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मुद्दा हेर्ने अधिकारीले अभियुक्तलाई पुर्पक्ष निमित्त थुनामै राख्ने आदेश गरेमा त्यस्तो अवस्थालाई न्यायीक हिरासतको अवस्था मान्नुपर्ने । (प्रकरण नं.४) § न्यायीक हिरासतमा रहेको अभियुक्तलार्ई प्रहरी हिरासतमानै थुनामा राख्दा विद्यमान ऐन र नियमले प्रदान गरेका थुनुवाका सुविधा र सिधावाट समेत वञ्चित रहने अवस्था हुन सक्ने । (प्रकरण नं.५) § अदालत र अन्य अर्धन्यायीक निकायका अधिकारीको आदेशले मुद्दाको पुर्पक्ष निमित्त थुनामा रहेका थुनुवाहरुको हैसियत, स्थिति र अवस्था समान प्रकृतिको मान्नुपर्ने हुँदा समान अवस्थाका थुनुवाहरुलाई समान व्यवहार गरिनुपर्ने अन्यथा राज्यद्वारा छुट्टाछुट्टै व्यवहार गरिनु समानताको सिद्धान्त (Equality clause) विपरीत हुने । (प्रकरण नं.६) § कैदी र थुनुवाहरुको व्यवस्थापन गर्ने कुरा राज्यको प्राथमिक कार्य (core function) को रुपमा मानिने हुँदा आवश्यकता अनुसार राज्यले जुनसुकै व्यवस्था गर्न सक्छ, गर्नु पर्छ र राज्यको दायित्व पनि हुने । § कारागारको विकल्प प्रहरी कार्यालयको खोर हुन नसक्ने र त्यस्तो मान्न पनि नमिल्ने भएकाले कारागारको क्षमताले नपुगेको भन्ने आधारमा थुनुवाहरुलार्ई प्रहरी कार्यालयको खोरमा राखिनु उचित र न्यायसंगत मान्न नसकिने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7948
मुद्दाको विषयउत्प्रेषण मिश्रित परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरीपाउं ।
निर्णय वर्ष / मिति2065/03/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 7948
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्