नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7944 · वि.सं. २०६५
नि.नं. 7944 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रहरीले प्रतिवादीलाई कुटपिट गरी वयान गराएको भन्ने कुरा पुष्टि हुने प्रमाण मिसिलबाट नदेखिएको अवस्थामा अदालतमा बयान गर्दा प्रहरीले कुटपिट गरी यातना दिएको भन्ने अपुष्ट भनाईको आधारमा सरकारी वकील समक्ष गरेको प्रतिवादीको बयानलाई अन्यथा नमिल्ने । (प्रकरण न.७) § मृतक प्रतिवादीकी पत्नी भएको र निजको सुरक्षा प्रति प्रतिवादी अझ सम्वेदनशिल हुनुपर्नेमा उल्टै अमानवीय, निन्दनीय र क्रुरतापूर्वक ढंगले आफ्नी पत्नीलाई आगो लगाई पीडा पुर्याई मृत्युन्मूख गराएको अवस्था देखिदा आफूले गर्न नहुने क्रुर कर्तव्य गरेकोमा त्यस्तो कर्तब्य प्रति पछुताई आत्मग्लानी महसुस हुनुपर्नेमा त्यस्तो अवस्था नदेखिएको, प्रतिवादी पुनरावेदकले न्यायीक प्रक्रियालाई जटिलता तर्फ धकेलेको, मृतकलाई आगो लगाई उफ्रीउफ्री नाची क्रुर कार्य गरेको देखिन आएको समेतबाट मुलुकी ऐन, अदालती बन्दोवस्तको १८८ नं. बमोजिम सजायमा छुट गर्न सकिने अवस्थाको विद्यमानता देखिन नआउने । (प्रकरण न.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7944 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2065/03/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६५, नि.नं. 7944 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
