नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7940 · वि.सं. २०६५
नि.नं. 7940 — उत्प्रेषण समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ समानताको हक भनेको जहिले पनि समानहरुका बीचमा आकर्षित हुन्छ र यो कहिल्यै पनि निरपेक्ष हुँदैन । निवेदकहरुले चार्टर्ड एकाउन्टेन्टका लागि आवश्यक अध्ययन गरिसकेको भएतापनि त्यो अध्ययन विदेशी संस्थाबाट गरेको हुँदा नेपालमा लेखा व्यवसाय गर्नका लागि त्यो पर्याप्त हुन्छ नै भनी ठोकुवा गर्न नसकिने । § नेपालमा लेखा व्यवसाय गर्न योग्य तुल्याउने गरी नेपालको वाणिज्य कानून र कर प्रणाली लगायतका विषयमा लिइने परीक्षाले निवेदकहरुलाई नेपालको चार्टर्ड एकाउन्टेन्ट संस्थाद्वारा उत्पादित चार्टर्ड एकाउन्टेन्ट सरह समान स्तरमा पुर्याउने देखिदा त्यस आधारमा पनि परीक्षा लिने त्यस्तो व्यवस्था समानताको पक्षमा रहेको देखिन्छ, न कि विभेदजन्य । (प्रकरण नं.६) § राष्ट्रको आर्थिक विकास गर्नको निमित्त लेखाको महत्व तथा लेखा व्यवसायीको आर्थिक एवं सामाजिक उत्तरदायित्व प्रति जनचेतना जगाई लेखा व्यवसायको सम्बन्धमा सामाजिक मान्यता तथा विश्वास अभिबृद्धि गर्न र लेखा व्यवसाय एवं लेखाको महत्वप्रति लेखा व्यवसायीको उत्तरदायित्वबोध गराई लेखा व्यवसायको विकास, संरक्षण र सम्बर्द्धन गर्नको लागि स्थापित निकायलाई अधिकार सम्पन्न बनाउन, संस्थाको विश्वसनियता तथा आधिकारिकता स्थापित गर्न र लेखा व्यवसायीहरुको मर्यादा, स्तरियता र विश्वसनियता कायम गरी समग्र लेखा व्यवसायको सुदृढिकरण गर्नका लागि ऐनद्वारा निर्धारण गरिएको पद्धति र त्यसको कार्यान्वयनका लागि नियमद्वारा तोकिएको प्रकृया एवं शर्तलाई विभेदकारी रहेको भन्न नमिल्ने । (प्रकरण नं.७) § विदेशमा गरिएको अध्ययन स्वदेशी आवश्यकता र परिवेश अनुरुप छ छैन भनी जाँच गर्न र तदनुरुप मान्यता प्रदान गर्नका लागि परीक्षा लिन र त्यसका सम्बन्धमा शर्त तोक्न नै नपाउने भन्नु न त न्यायोचित न त व्यवहारिक हुने हुँदा सदस्यता प्रदान गर्ने सम्बन्धमा परीक्षा लिने र आवश्यक शर्तहरु तोक्ने कार्य कुनै व्यक्ति विशेषप्रति लक्षित छ भने जायज ठहर्याउन नसकिने । § विदेशी संस्थामा अध्ययन गर्ने सबै प्रति लक्षित भएको र त्यस वर्गभित्र पर्ने सबैलाई समान रुपमा आकर्षित हुने गरी गरिएको कानूनी व्यवस्थालाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7940 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत |
| निर्णय वर्ष / मिति | 2065/02/02 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री खिलराज रेग्मी |
| मुद्दा नं. | ०६३-WS-००२१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६५, नि.नं. 7940 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
