नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 794 · वि.सं. २०३०

नि.नं. 794 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अमान्य लिलामबाट एकाको हकको जग्गामा अर्काको हक कायम हुन नसक्ने । यसमा निवेदकको माग बमोजिमको आदेश जारी गर्नु पर्ने नपर्ने के हो सो कुराको निर्णयको लागि हेर्दा जुन जग्गाको ०२४ सालको मालपोत नबुझाई बाँकी राखेको भनी विपक्षी भूमिप्रशासकले जग्गा लिलाम गरेको हो सो जग्गाको बुझाउनुपर्ने मालपोत भन्दा पनि बढी नै रूपैयाँ जग्गा लिलाम हुनुभन्दा अगावै ०२५।१।३१ मा जग्गाधनीले विपक्षी भूमिप्रशासन कार्यालयमा नै धरौट राखी सकेको देखिन आएको छ भूमिप्रशासन ऐन, ०२४ को दफा १० को उपदफा (४) अनुसार मालपोत दाखिल नगर्नेको जग्गासम्म लिलाम हुन सक्ने हो यदि पहिले नै मालपोत दाखिल गरी सक्ने जग्गावालाको जग्गा लिलाम गरिन्छ भने कानूनबमोजिम बाहेक भएको लिलामलाई लिलाम भएकै मान्न भएन त्यस्तो कायम नहुने लिलामबाट जग्गा प्राप्त गर्ने व्यक्तिको सम्बन्धित सम्पत्तिमा हक स्थापित हुन नसक्ने हुँदा त्यस्तो हक स्थापित नहुने व्यक्तिको रिट निवेदनबाट कानून अमान्य लिलाम सदरै रहने र मालपोत दाखिल गर्दागर्दै जग्गा लिलाम हुन गई प्रत्यक्ष अन्याय यथावत रहने गरी अदालतले आदेश दिन नमिल्ने कुरा ०२९।३।१०।६ को डिभिजन बेञ्चले विचार गरेको पाइएन खास गरी संवैधानिक या कानूनी हकको हनन हुन गयो सो हकको प्रचलन गराई पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत रिट निवेदन अन्तर्गत गर्न आउने निवेदकले जुन चिजमा आफ्नो हक हनन् भयो भनी देखिएको छ सो चिजमा पहिले निजको निर्विवाद हक स्थापित भएको हुनुपर्छ अनिमात्र त्यस्तो निवेदन लाग्ने र त्यस उपर विचार हुन सक्ने हुन्छ प्रस्तुत केशमा जुन जग्गा लिलामबाट पाएको भनी निवेदकले आफ्नो हक देखाएको छ सो लिलाम नै गैरकानूनी हुँदा अमान्य लिलामबाट एकाको हकको जग्गामा अर्काको हक कायम हुन पनि नसक्ने हुनाले निवेदन जिकिरको जग्गामा निवेदकको निर्विवाद हक स्थापित भएको नै देखिन आएको त्यस्तो निर्विवाद हक स्थापित नभएको जग्गामा निवेदकको रिट निवेदन नै लाग्न नसक्ने हुँदा अरू कुरा विचार गरिरहनु परेन प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ उत्प्रेषणको आदेश जारी गर्ने गरी ०२९।३।१०।६ को डिभिजन बेञ्चले छिनेको मिलेको देखिएन, नियमबमोजिम मिसिल बुझाई दिनु । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.794
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2030/08/26
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री वृषबहादुर थापा
उद्धरण सन्दर्भने.का.प. २०३०, नि.नं. 794
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्