नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7938 · वि.सं. २०६५
नि.नं. 7938 — मोही लगत कट्टा
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विशेष अदालत ऐन वा अन्य कुनै विशेष कानूनमा पुनरावेदनको म्याद थाम्ने थमाउने स्पष्ट व्यवस्था नभएको अबस्थामा सामान्य ऐनको रुपमा रहेको मुलुकी ऐन, अदालती वन्दोबस्तको ५९ नं. आकर्षित हुँदैन भन्नु न्यायसंगत नभएकोले पुनरावेदनको म्याद गुज्रेमा अ.वं. ५९ नं. अनुसार थाम्न पाउने सुविधा प्राप्त हुने । (प्रकरण नं.५) § भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५५(१) बमोजिमको पुनरावेदनको म्याद ३५ दिन र अ. वं. ५९ नं. बमोजिम थाम्न पाउने म्याद ३० दिन गरी ६५ दिन भित्र पुनरावेदन अदालतमा प्रस्तुत पुनरावेदन दर्ता गरेको अबस्थामा कानूनले तोकेको हदम्याद भित्रै परेको पुनरावेदनलाई हदम्याद नघाई दायर भएको भन्न नमिल्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7938 |
|---|---|
| मुद्दाको विषय | मोही लगत कट्टा |
| निर्णय वर्ष / मिति | 2065/03/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी | माननीय न्यायाधीश श्री राजेन्द्र्रप्रसाद कोइराला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६५, नि.नं. 7938 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
