नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7932 · वि.सं. २०६५

नि.नं. 7932 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सगोलको पैत्रिक सम्पत्तिमा बिक्री व्यबहार आदि जेसुकै हुने अवस्थामा उमेर पुगेको अंशियारको मंजुरी लिनु पर्ने अनिवार्य व्यवस्था लेनदेन व्यबहारको १० नं को कानूनले गरेको अवस्थामा अंश नभएको अंशियारले सगोलको सम्पत्ति बेच विखन गर्दा वा कुनै किसिमले हक छाडि दिंदा ऐनले आफुखुशी गर्न पाउने अरुको मन्जुरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघरका अंशियार सवै साक्षी वसेको वा मन्जुरीको लिखत गरी दिएको भए मात्र पक्का ठहर्ने । § आफ्नो पालामा आर्जेको सम्पत्ति निजी ठहर्ने अवस्था वाहेक सगै वसेको सम्पत्ति सगोलको आर्जनमा सवै अशियारको भाग लाग्ने । § लिखत बदर र जालसाज सम्वन्धमा पक्षले आफुलाई सहज पर्ने जुनसुकै बाटो अवलम्वन गर्न सक्ने नै हुँदा वादी लिखत वदरमा नआई जालसाजमा मात्र आएकोलाई अन्यथा भन्न नमिल्ने । § वादीको हक लाग्ने जग्गा निजको मन्जुरी वेगर बिक्री व्यबहार गरेको देखिएकोले किर्ते कागजको ३ नं अनुसार हक मेटने कार्य गरेको हुँदा जालसाज हुने अवस्थामा प्रतिवादीहरुले लेनदेन गरेको लिखत सम्पत्तिमा वादीको दाबी कायम रहन नसक्ने भन्न उपयुक्त नहुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7932
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2064/10/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 7932
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्