नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 793 · वि.सं. २०३०

नि.नं. 793 — परमादेश र उत्प्रेषणको मिश्रित आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ऐनले अञ्चलाधीशलाई तोकेको अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गरेको नाताले जिल्ला प्रमुख अधिकारीमा सरेको मान्न नमिल्ने । अञ्चलाधीशले छापाखाना र प्रकाशन सम्बन्धी ऐन सबै अधिकार जिल्ला प्रमुख अधिकारीलाई प्रत्यायोजन गरी सकेपछि पुनः सो ऐनको अधिकार आफूले प्रयोग गर्न पाउने अधिकार नभएकोमा मेरो पक्षलाई जरिवाना गरी निर्णय गरेको नै अनाधिकार छ भन्ने निवेदकतर्फका विद्वान अधिवक्ताको मुख्य बहस जिकिर भएको हकमा सो जरिवाना गर्नेसमेत अधिकार ऐनले अञ्चलाधीशलाई नै तोकेको नभई श्री ५ को सरकारलाई तोकेको र श्री ५ को सरकारले सोही ऐनको दफा ३१ बमोजिम अञ्चलाधीशलाई प्रत्यायोजन गरेको भन्ने कुरामा कुनै विवाद नभएकोले यस्तो अधिकार प्रत्यायोजनद्वारा अञ्चलाधीशमा आएको अधिकार ऐनले अञ्चलाधीशलाई तोकेको अधिकार जिल्ला प्रमुख अधिकारीमा प्रत्यायोजन गरेको नाताले जिल्ला प्रमुख अधिकारीमा सरेको मान्न नमिल्ने हुँदा यस जिकिरमा अरू विचार गरिरहन परेन । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.793
मुद्दाको विषयपरमादेश र उत्प्रेषणको मिश्रित आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2030/03/01
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रत्नबहादुर बिष्ट | माननीय न्यायाधीश श्री मीनबहादुर थापा | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३०, नि.नं. 793
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्