नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7928 · वि.सं. २०६५
नि.नं. 7928 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मानिसको मृत्युको सम्बन्धमा सो सम्बन्धी विषयगत विशेषज्ञता हासिल गरेका विशेषज्ञहरुद्वारा गरिएको परीक्षण र त्यसका आधारमा प्रस्तुत गरिएको रायको प्रामाणिक महत्व रहने । (प्रकरण नं.३) § सामान्य कुटपिटको विषयलाई मनसायसहितको आपराधिक कार्यको संज्ञा दिन नमिल्ने । § ज्यान सम्बन्धीको १३(३) नं. वमोजिमको सजायको माग दावी लिने वादी पक्षले प्रतिवादीबाट ज्यान मार्ने नियतका साथ त्यस्तो आपराधिक कार्य गरेको हो भन्ने पुष्टी गर्न सक्नुपर्ने । § केबल जाहेरी दरखास्त र जाहेरवालाको भनाईलाई मात्र आधार बनाएर कर्तव्य ज्यान जस्तो गम्भीर मुद्दामा निष्कर्षमा पुग्न नहुने । (प्रकरण नं.४) § अनुमान, आशंका र सम्भावना जस्ता मनोगत आधारमा कुनै पनि आपराधिक कार्यमा मनसाय तत्वको विद्यमानता छ नै भनी निष्कर्ष निकाल्नु न्यायोचित नहुने, मनसाय तत्वको विद्यमानता प्रमाणहरुबाट नै देखिनु पर्ने र त्यस्तो प्रमाण जुटाउने दायित्व वादी पक्षले नै वहन गर्नुपर्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7928 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2064/12/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तपबहादुर मगर |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६५, नि.नं. 7928 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
