नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7927 · वि.सं. २०६५
नि.नं. 7927 — फैसला नामसारी दर्ता बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अ.वं. ८६ नं. को सहारा लिई अदालतमा प्रवेश गर्ने व्यक्ति अघि चलेको मुद्दाको पक्ष विपक्ष नभई कुनै तेश्रो पक्ष रहेको हुनुपर्ने तत्वलाई सो कानूनी व्यवस्थाले मूल रुपमा अंगिकार गरेको देखिने । § कुनै दुई पक्ष मिली तेश्रो पक्षको हक जाने गरी फैसला समेत गराएको अवस्थामा प्रभावित पक्षलाई थाहा नहुने भएको कारण आफूले थाहा पाएपछि आफ्नो गुमेको हक कायम गराउन अदालत प्रवेश गर्न पाउने कानूनी व्यवस्था स्वयंमा बोधगम्य र स्पष्ट हुँदा त्यसमा अलमल गरिरहनु नपर्ने । (प्रकरण नं.७) § एकासगोलमा रहेकी आमा उपर परेको मुद्दा हारजित भई फैसला भएपछि सगोलमा रहकै नावालक छोराहरुले उमेर पुगेपछि अ.वं. ८६ नं. को आधारमा मुद्दा गर्दै जान पाउने हो भने विवादको निरुपण कहिल्यै अन्त नहुने समेत भई मुद्दाको अन्तिम हुने सिद्धान्तको प्रतिकूल हुने हुँदा घरको मुख्यले गरेको मुद्दामा अ.वं. ८६ नं. आर्कषित नहुने । (प्रकरण नं.८) § एकासगोलको पति प्रतिवादी भई चलेको मुद्दामा अ.वं. ११० नं. विपरीत म्याद तामेल भई प्रतिवाद गर्न नपाएकोले फैसला बदर गरिपाऊँ भनी अ.वं. २०८ नं.को कानुनी व्यवस्थालाई परित्याग गरी अ.वं. ८६ नं. अंगाली आएको मुद्दाको फिराद खारेज गर्नुपर्ने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7927 |
|---|---|
| मुद्दाको विषय | फैसला नामसारी दर्ता बदर |
| निर्णय वर्ष / मिति | 2064/11/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६५, नि.नं. 7927 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
