नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7924 · वि.सं. २०६५
नि.नं. 7924 — उत्प्रेषण मिश्रित परमादेश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मुख्य भै कामकाज गरेकोमा वाहेक अरु अवस्थामा एकाघरका उमेर पुगेको कुनै व्यक्तिले कुनै व्यवहार गरेको रहेछ भने निजले आफुले पाउने धनमा निजको हक नपुगेसम्म साहुले सो धनमा समाउन नपाउने । § मुख्यले गरेको व्यवहार वा एकाघरका उमेर पुगेका अरुले गरेको मुख्य जानकारको पनि सहीछाप वा लिखत भएको रहेछ भने गोस्वारा धनवाट भरी भराउ गरी लिन पाउने । (प्रकरण नं.५) § लेनदेन मुद्दामा पक्ष विपक्ष बीच लेनदेन भई एक आपसमा भएको लिखतमा घरको मुख्य व्यक्तिको मन्जुरी प्राप्त भएको कुनै लिखत वा लिखतमा साक्षी बसेको कुरा कहीं कतैवाट नदेखिदा अदालतमा अंश मुद्दा चली वण्डा छुटयाई लिन पाउने ठहर भै फैसला वमोजिम छुट्याई चलन पूर्जी समेत प्राप्त भैसकेको अवस्था र लेनदेन कारोवार गर्दाका अवस्थामा यी प्रतिवादी घरको मुख्य व्यक्ति नभई निजकी आमा मुख्य व्यक्ति रहेको अवस्था देखिंदा निवेदक लगायत घरका अन्य व्यक्तिले पनि सो लेनदेनको दायित्व व्यहोर्नु पर्ने अवस्था नदेखिने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7924 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण मिश्रित परमादेश । |
| निर्णय वर्ष / मिति | 2064/11/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री गौरी ढकाल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६५, नि.नं. 7924 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
