नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7921 · वि.सं. २०६५

नि.नं. 7921 — अंश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नेपालमा सम्वन्धविच्छेदको उजुरी दायर गर्ने प्रकृया र त्यस पछि अवलम्वन गरिने कार्यविधि समेत अमेरिकी अदालतले आफ्नो क्षेत्राधिकारमा कारवाही गर्दा अपनाएको वा त्यहाँको कानून अनुसार अपनाउनु पर्ने वाध्यता रहेको समेत नपाइदा यस सम्वन्धमा नेपालको कानून र अमेरिकी राज्य ओक्लाहामाको कानूनी व्यवस्था पूर्णरुपले फरक रहेको अवस्थामा नेपालमा रहेको नेपाली नागरिक उपर ओक्लाहामामा सम्वन्धविच्छेद मुद्दा दायर गरी नेपालको कानूनले निर्दिष्ट गरेको आधारहरु भन्दा भिन्न आधारमा सम्वन्धविच्छेद हुने ठहरी ओक्लाहामामा भएको फैसला नेपालमा स्वतः मान्यता प्राप्त गर्न सक्दछ र कार्यान्वयन योग्य छ भन्न नमिल्ने । (प्रकरण नं.१२) § वादीले अमेरिकी अदालतमा आफ्नो प्रतिनिधित्व गराएको देखिएतापनि निजले सम्वन्धविच्छेद गर्न स्वीकार नगरी प्रतिनिधित्व मात्र गराए वाटै जे निर्णय हुन्छ त्यो मान्छु भनी यी वादीले प्रतिवद्धता देखाएको वा Legally surrender गरेको भनी सम्झन नमिल्ने । § सम्वन्धविच्छेद लगायत विहावारी सम्वन्धी मुद्दा नेपाल कानूनले फौजदारी मुद्दाको श्रेणी भित्र राखेको छ (अ.वं. ९नं.) साथै त्यसको लागि ऐनले नै अवस्था र प्रकृया निर्धारण गरेको अवस्थामा त्यसको विपरीत वा त्यसको अनुशरण नगरी भएको कुनै पनि निर्णय मान्नु वा त्यसको नेपालमा कार्यान्वयन गर्नु नेपाल कानूनको र सार्वजनिक नीति (Public policy) को स्पष्ट उल्लघंन हुन जाने । (प्रकरण नं.१३) § ओक्लाहामाको अदालतको निर्णयको आधारमा नेपाल कानून बमोजिम व्यक्तिगत घटनाको रुपमा जन्म मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ द्वारा निर्धारित प्रकृया बमोजिम सम्वन्धविच्छेद दर्ता पनि नभएको र ओक्लाहामाको अदालतले गरेको भनिएको सम्वन्ध विच्छेदको निर्णय प्रस्तुत मुद्दाको सन्दर्भमा अस्तित्वहीन (Nonexistent) भएकोले वादी र प्रतिवादी वीचको सम्वन्धविच्छेद हुँदै नभइ यी दुई वीच कायमै रहेको हुँदा प्रस्तुत अंश मुद्दाको प्रयोजनका लागि समेत वैवाहिक सम्वन्ध कायमै रहने । (प्रकरण नं.१५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7921
मुद्दाको विषयअंश ।
निर्णय वर्ष / मिति2064/12/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिरअलि अंसारी
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 7921
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्