नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7920 · वि.सं. २०६५

नि.नं. 7920 — अंश चलन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अंशियारको सम्बन्धमा नातामा बिवाद नभए पछि वादीले अंश पाउनु पर्ने कुरालाई कानून वमोजिम प्राप्त जन्मसिद्ध हक अधिकारको रुपमा लिनु पर्ने । § कुनै पनि व्यक्तिले कानून प्रतिकूल अंशियारबिहिन हुनुपर्ने वा पटक पटक अंश पाइरहने भन्ने स्थिति स्वीकार्य नहुने । § अंशमा दावी गर्ने पक्षले आफु अंशियार भएको नाता सम्बन्धमा र अंश नपाएको कुरा स्थापित गर्नु पर्दछ भने अंश पाइसकेको भनी प्रतिवाद गर्ने पक्षले सगोलको सम्पत्तिबाट कुनै सम्पत्ति वादीले पाएको भए वादीले के कुन मितिमा के कुन सम्पत्ति के कुन रुपबाट प्राप्त गरेको हो, सो सम्पत्ति वादीको हकभोग स्वामित्वमा आएको वा निजले बिक्री व्यवहार दान दातव्य वा अरु कारणबाट हाल निजको जिम्मामा नरहेको वा हक स्वामित्व समाप्त भएको भनी पुष्ट्याई गर्नुपर्ने । § अंशबण्डा भएको लिखत प्रमाण व्यवहार भोग समेतबाट देखिने हुनु पर्छ, प्रतिवादीको नाममा धेरै कित्ता जग्गा छ, तर वादीको नाममा एक कित्ता पनि दर्ता नामसारी नभएको परिप्रेक्ष्यमा अंशबण्डा भैसकेको ठहराउन न्यायोचित नहुने । (प्रकरण नं.२५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7920
मुद्दाको विषयअंश चलन ।
निर्णय वर्ष / मिति2064/09/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 7920
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्