नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7917 · वि.सं. २०६५
नि.नं. 7917 — लिखतदर्ता वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ लेनदेन व्यवहारको महल र दान वकसको महलमा भएका कानूनी व्यवस्थाहरु पृथक पृथक प्रावधानका लागि तर्जुमा गरिएका व्यवस्था हुँदा हदम्याद नै पृथक दान वकसको महलमा उल्लेखित कृयाको हकमा पनि आकर्षित हुन्छ भन्ने हो भने दान वकसको ५ नं. मा उल्लेखित कानूनी व्यवस्थाको औचित्यता माथि प्रश्न उठ्न जाने । § प्रतिवादीहरु बीच एक आपसमा दिनु लिनु गरेको क्रिया लेनदेन व्यवहारको महल अनुरुपको नभई दान वकसकै महलको १ नं. अनुरुपको हो भन्ने तथ्यमा विवाद भएको अवस्था नहुँदा सोही महलमा उल्लेखित कुराहरुको हकमा लागु हुने गरी सोही महलमा नै उजुर गर्ने अवधि तोकिएकोमा सोलाई पन्छाई अर्कै प्रयोजनको लागि राखिएको महलको व्यवस्था आकर्षित हुन्छ भन्न कानूनतः नमिल्ने । (प्रकरण नं.१३) § दान वकसको महलको कानूनी व्यवस्था व्यवहार चलाउने प्रयोजनार्थ लक्षित भएको नपाइएको अवस्थामा अंशवण्डाको महलको १९ नं. को देहाय (१) को प्रावधान अनुरुप व्यवहार चलाउन विवादित जग्गा हालैको वकसपत्र गरी दिएको भनी अर्थ गर्न नमिली अंशवण्डाको महलको १९(१) प्रस्तुत विवादमा आकर्षित नहुने । (प्रकरण नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7917 |
|---|---|
| मुद्दाको विषय | लिखतदर्ता वदर । |
| निर्णय वर्ष / मिति | 2064/07/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनुपराज शर्मा | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६५, नि.नं. 7917 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
