नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7915 · वि.सं. २०६५

नि.नं. 7915 — बैनाबट्टाको शर्त वा करार वमोजिम गरिपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बैनावट्टा बमोजिम लिखत पारित गराई दिने अधिकारक्षेत्र कुनै पनि कानूनले गाउँ विकास समितिको कार्यालयलाई नदिएकोले अनधिकृत निकायमा दिएको त्यस प्रकारको निवेदनको कुनै कानूनी महत्व नरहने । (प्रकरण नं.८) § लिखतको भाखा भित्र वाँकी रकम वुझाउन गएको भन्ने कुनै प्रमाण दिन गुजार्न सकेको नदेखिदा वाँकी रकम वुझी जग्गा पारित गरी दिन अस्विकार गरेको भए लिखत वमोजिम वाँकी रकम थैली राखी लिखत पारित गराई पाउँ भनी अदालत प्रवेश गर्नु प्रथम कर्तव्य र दायित्व हुन आउने । § वैनावट्टाको लिखतको मूल प्रयोजन प्रथमतः सो लिखत वमोजिमको कार्य गर्नु गराउनुमा केन्द्रीत रहने । § लिखत पारित हुन नसक्ने अवस्था उत्पन्न भएमा मात्र बैनावट्टाको रकम फिर्ता माग गर्न पाउने दोश्रो विकल्प क्रियाशील हुने हुँदा वैनावट्टा लिखतको भाखाभित्र वाँकी रकम वुझाउन गएको थिएँ भनी दावी लिने पक्षले अदालत प्रवेश गर्दा सो रकम थैली राखी वैनावट्टाको शर्त र दायित्वको पक्षमा आफू प्रतिवद्ध रहेको देखाउन सक्नु पर्ने । (प्रकरण नं.९)  करार वमोजिम गराई पाउँ भनी एकीन र स्पष्टताका साथ करार ऐनको मात्र दावी लिई अदालत प्रवेश नगरी वैनावट्टाको शर्त वा करार वमोजिम गरिपाऊँ भनी दोहोरो दावी लिई अदालत प्रवेश गरेको देखिएवाट सो वैनावट्टाको लिखतलाई करारको रुपमा ग्रहण नगरेको देखिदा सो लिखतको कार्यान्वयनको लागि वाँकी रकम बुझाउन जानुपर्ने प्रत्यर्थीकै पहिलो दायित्व भएको र सो गरेको थिएँ भनी देखाउनु पर्नेमा अदालतमा प्रबेश गर्दा समेत उक्त रकम थैली राखी आउन नसकेवाट लिखतको शर्तको उल्लघन पुनरावेदकवाट नभई प्रत्यर्थी वादी पक्षवाटै भएको मान्नु पर्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7915
मुद्दाको विषयबैनाबट्टाको शर्त वा करार वमोजिम गरिपाऊँ ।
निर्णय वर्ष / मिति2065/01/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री शारदा श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 7915
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्