नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7914 · वि.सं. २०६५
नि.नं. 7914 — लेनदेन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सम्बन्धविच्छेद मुद्दाबाट विवादको निरुपण नहुँदासम्म निजहरु अलग रहे वसेको वा निजहरु अलग अलग अंशियार रहेको भन्न मिल्ने अवस्था नहुने । § वादी प्रतिवादी एकासगोलका अंशियार रहेको भन्ने तथ्य स्थापित भएको अवस्थामा निजहरु बीच ऋण लिनु दिनु भै सगोलको सम्पत्तिबाट घरघराना गरी असुल उपर गर्ने भन्ने प्रश्न नआउने । § एकासगोलमा रहे वसेको अवस्थामा सगोलकै सम्पत्तिबाट असुल उपर गर्ने गराउने विषय निहित रहेको लिखत हुनु र नहुनु वा सो लिखत वमोजिम असुल उपर हुनु र नहुनुमा कुनै तात्विक अन्तर नहुने हुँदा त्यस्तो लिखत वमोजिम साँवा व्याज भरी भराउको दावीको पनि कुनै औचित्य नदेखिने । § स्तुत विवादमा विवादको लिखत हुँदाको मितिसम्म यी वादी प्रतिवादी बीचको पति पत्नीको सम्बन्ध यथावत् कायम रहेको तथ्य स्थापित भएको अवस्था हुँदा सगोलका पति पत्नीबीच भएको लेनदेन र सो असुल उपर नभएमा सगोलकै सम्पत्तिबाट असुल उपर गर्ने शर्त राखिएको लिखतको कुनै औचित्य नरहने भन्ने आधारमा वादी दावी पुग्न नसक्ने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7914 |
|---|---|
| मुद्दाको विषय | लेनदेन । |
| निर्णय वर्ष / मिति | 2064/09/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गौरी ढकाल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६५, नि.नं. 7914 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
