नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7911 · वि.सं. २०६५
नि.नं. 7911 — अंश नामसारी ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अंशियारहरुले अलग–अलग घर जग्गा जोत भोग गरेको देखिएतापनि लिखत अनुसार लिई पाई पैतृक अचल सम्पत्तिमा भाग बण्डा गरी भिन्न भएको नदेखिँदा अचल जाय जेथा भाग बण्डाको प्रयोजनका लागि सगोलमा नै रहेको देखिन आइरहेकोले अंशवण्डा हुनुपर्ने। (प्रकरण नं.२६) § एकै ठाउँ घरमा बस्दै आएका र एकै चुल्होबाट खानपिन गरी एकै साथ घर जग्गा जोत भोग गर्दै आएको नदेखिएको अवस्थामा कुनै लिखत नभएको भए स्थापित परम्परा अनुसार फिराद परेको अघिल्लो मितिलाई मानो छुट्टिएको मिति कायम हुन सक्ने भएतापनि वण्डापत्र लिखत पारीत भइसके पश्चात् पनि वादी, प्रतिवादी एकै सगोलमा चुल्हो मानो गर्दै आएको भनी अनुमान गर्न नमिल्ने । § लिखत कार्यान्वयन नभएको कारण अचल सम्पत्तिको भाग–वण्डाको प्रयोजनका लागि अंशियारहरुलाई सगोलमा रहेको मान्नुपर्ने भए तापनि मानो छुट्टिए, नछुट्टिएको प्रश्नको निरोपण पारीत बण्डापत्रको लिखत अनुसार हुनुपर्ने । § मानो छुट्टिएको प्रमाण नहुँदा मात्र फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गर्नुपर्ने । § चल सम्पत्ति बण्डा भएको वा मानो छुट्टिएको मिति यो हो भन्ने कुरा प्रमाणित गर्ने आधार नभएकोले लिखत भएको मितिलाई मानो छुट्टिएको मान्नुपर्ने । (प्रकरण नं.२७) § आफ्नो अंश हक कुनै अंशियारले लिन इन्कार गर्दै अंश छोडपत्रको लिखत पारित गरेमा मात्र कसैलाई निजको अंशहकबाट वञ्चित गर्न सकिन्छ, अन्यथा कसैलाई कुनै अवस्थामा पनि अंश हकबाट वञ्चित गर्न नमिल्ने । (प्रकरण नं.२९) § मानो छुट्टिएको मिति भन्दा पछि आर्जन गरिएको घर जग्गा निजी आर्जनको हुनाले त्यस्तो सम्पत्तिबाट अरु अंशियारले अंश नपाउने । (प्रकरण नं.३०) § संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकेको अलग–अलग राय न्याय प्रशासन ऐन, २०४८ को दफा १९(१) अनुसार सर्वोच्च अदालतबाट हुने अन्तिम निर्णय नै होइन । यस्तो अवस्थामा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७ को उपधारा (३) अनुसार सम्पूर्ण पुनरावेदकीय अधिकारक्षेत्रको प्रयोग सर्वोच्च अदालत ऐन, २०४८ को दफा ४(१) र सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(क) अनुसार सर्वोच्च अदालतको पूर्ण इजलासले गर्ने व्यवस्था अनुसार पूर्ण इन्साफ गर्नको लागि संयुक्त इजलासका दुई जना माननीय न्यायाधीशहरुको राय मध्ये कुनै एक रायसँग सहमत हुनु वा नहुनुका अतिरिक्त आफ्नो भिन्नै रायकासाथ निर्णय गर्न पूर्ण इजलास पूर्ण रुपले सक्षम र अधिकार प्राप्त हुने । (प्रकरण नं.३१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7911 |
|---|---|
| मुद्दाको विषय | अंश नामसारी । |
| निर्णय वर्ष / मिति | 2064/10/17 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री ताहिरअलि अन्सारी | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला | माननीय न्यायाधीश श्री बद्रीकुमार बस्नेतको रायसँग सहमत नभएकोले सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री खिलराज रेग्मीको राय । | माननीय न्यायाधीश श्री खिलराज रेग्मीले शुरु र पुनरावेदन अदालतको फैसला केही उल्टी गर्ने गरी गर्नुभएको ठहरसँग राय नमिलेको हुँदा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री बद्रीकुमार बस्नेतको राय सहितको यस अदालत संयुक्त इजलासबाट मिति २०६२।३।१५ मा भएको फैसला । | माननीय न्यायाधीश श्री खिलराज रेग्मीको राय कायम हुनु पर्छ भन्ने समेत वहस जिकीर प्रस्तुत गर्नु भयो । त्यसैगरी प्रत्यर्थी | माननीय न्यायाधीश श्री बद्रीकुमार बस्नेतको राय कायम हुनुपर्छ भन्ने समेत वहस जिकीर प्रस्तुत गर्नु भयो । | माननीय न्यायाधीश श्री खिलराज रेग्मीको राय ठहर पनि रहेको देखिन्छ । | माननीय न्यायाधीश श्री खिलराज रेग्मीको राय र उक्त राजीनामाको जग्गामा सबै अंशियारहरुको बरावर अंश भाग लाग्ने गरी पुनरावेदन अदालतको फैसला सदर हुने भन्ने माननीय न्यायाधीश श्री बद्री कुमार बस्नेतको रायसँग सहमत हुन सकिएन । अरु तपसील बमोजिम गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६५, नि.नं. 7911 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
