नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7910 · वि.सं. २०६४

नि.नं. 7910 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अध्यादेश कार्यपालिकाद्वारा विधायिकी अधिकार प्रयोग गरी जारी हुन्छ । अध्यादेश लागू अवधि भर संसदले विधिवत् पारित गरेको ऐन सरह नै प्रभावकारी हुन्छ । लागू अवधिमा अध्यादेश अन्तर्गत भए गरेका सबै काम कारवाइ Valid पनि हुन्छ । त्यसको Validity को प्रश्न उठ्न सक्तैन । तर जारी भएको मितिबाट छ महिना पूरा भएपछि संसदले अनुमोदन नगरेमा स्वतः निष्क्रिय हुने । § संसदमा पेशै नभएको अध्यादेश वा संसदले स्वीकार नगरेको अध्यादेशले व्यवस्थापन विधि पूरा गरी बनेको ऐन संशोधन गर्न सक्तैन । अध्यादेश संसदमा पेश नभएमा वा संसदले स्वीकार नगरेमा साबिकको ऐन जागी शून्यमा नरहने । (प्रकरण नं.६) § अध्यादेशको हैसियत र मान्यता ऐनको भन्दा फरक र भिन्न हुन्छ । किनभने ऐन संविधानको व्यवस्थापन विधि र प्रक्रिया पूरा गरेर निर्माण भई लागू हुन्छ तर अध्यादेश तत्काल काम चलाउनको लागि मात्र सीमित अवधिको लागि संसदले अनुमोदन गरेमा लागू रहने शर्तमा जारी हुन्छ । ऐन एकपटक लागू भएपछि असंवैधानिक भएको कारण अदालतले अमान्य गरेको अवस्थामा बाहेक perpetual हुन्छ अर्थात् ऐनलाई संसदले मात्र संशोधन वा खारेज गर्नसक्छ तर अध्यादेश त्यस्तो होइन । विधायिकामा पेश नभएमा वा विधायिकाले स्वीकृत नगरेमा स्वतः निष्क्रिय हुने । (प्रकरण नं.७) § निवेदकहरुले रिट निवेदनमा र सुनुवाइका क्रममा पनि निस्क्रीय भएको अध्यादेश अन्तर्गत भएको बढुवाको समग्र कारवाई नै गैरकानूनी छ भनी चुनौती नदिएको हुँदा यस इजलासले निवेदकहरुले चुनौती नदिएको विषयतर्फ विचार गरिरहन नपर्ने । (प्रकरण नं.८) § कानूनले स्पष्ट शब्दमा पदस्थापन जहाँ भए पनि तालीम अवधिभर वर्गीकृत क्षेत्र वापत पाउने अंकको हकमा तालीम केन्द्र रहेको क्षेत्रको अंक प्रदान गर्ने नभनेको अवस्थामा पदस्थापन भएको क्षेत्रको अंक प्रदान गर्दा कुनै त्रुटि नहुने । (प्रकरण नं.२९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7910
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2064/12/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री गौरी ढकाल
उद्धरण सन्दर्भने.का.प. २०६४, नि.नं. 7910
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्