नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 791 · वि.सं. २०३०
नि.नं. 791 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) राजपत्रमा प्रकाशित सूचनाको विपरीत विभागीय निर्णय भई श्री ५ को सरकारले समर्थन नगरेको निर्णय बदर हुने । मिति २०२७ साल आषाढ २२ गतेको राजपत्रमा प्रकाशित अर्थ मन्त्रालयको सूचनामा नेपाल अधिराज्य भित्रको फ्याक्टरी मिल कारखानामा उत्पादनमा तयार भएका वस्तुहरूमा २०२७ साल आषाढ २२ गतेदेखि देहायबमोजिम अन्तःशुल्क लगाई असूल उपर गरिनेछ भन्ने उल्लेख भई देहाय २ मा स्टिम इञ्जिन भएको वा ३० हर्ष पावर वा सो भन्दा बढी शक्तिले सञ्चालित चामल तेल मिलहरू वोक ३० हर्ष पावर भन्दा कम शक्ति भएका चामल मिलहरू वोर प्रति हलर देहायबमोजिम अन्तःशुल्क असूल गरिनेछ भन्ने र २ (ख) मा ३० हर्ष पावर भन्दा कम शक्ति भएकाले तेल मिलहरूबाट प्रति एक्सपेलर देहायबमोजिम अन्तःशुल्क असूली गरिनेछ भन्ने लेखी देहाय (३) मा २० देखि २९ हर्ष पावरसम्म मासिक अन्तःशुल्क रू.९०० थप प्रति एक्सपेलर ४५० भन्नेसमेत उल्लेख भएको देखिन्छ यसबाट उक्त तेल मिल उक्त सूचनाको २ (ख) अन्तर्गत पर्न आएको देखिएकोले सोबमोजिम अन्तःशुल्क असूल गर्नु पर्नेमा त्यस महाकाली राइस एण्ड फ्लोर मिल इष्टिम इञ्जिनको एउटै फर्म एउटै कम्पाउण्ड भित्रको हुँदा उत्पादनको आधारले अन्तःशुल्क लिने भन्ने विभागीय निर्णय भइसकेको हुँदा सो समर्थन गरी उत्पादनकै आधारबाट अन्तःशुल्क लिने भन्ने मिति ०२९।१।२९ मा श्री ५ को सरकारले निर्णय गरेकोसमेत उक्त २०२७ साल आषाढ २२ गतेको राजपत्रमा प्रकाशित अर्थ मन्त्रालयको सूचनाको विपरीत देखिएकोले सो निर्णय आदेशसमेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ यो आदेशको प्रतिलिपि विपक्षीकहाँ पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम गरी बुझाई दिनु । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 791 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2030/06/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हेरम्बराज |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३०, नि.नं. 791 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
