नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7908 · वि.सं. २०६४

नि.नं. 7908 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ Viscera को रिपोर्ट समेत लिई सम्बन्धित चिकित्सकद्धारा मृत्युको कारण पहिचान गरिएको विषयलाई शव परीक्षण प्रतिवेदनमा उल्लेख भएको प्रारम्भिक विवरणात्मक प्रस्तुतीले अन्यथा गर्न सक्ने अवस्था नहुने । § शव परीक्षण प्रतिवेदन (Autopsy Report) स्वयं पूर्ण नरहेको र निष्कर्षमा पुग्नका लागि Viscera परीक्षण अनिवार्य रहेको कुरा मिसिल संलग्न Autopsy Report को अध्ययनबाट देखिन्छ । त्यस्तो अपूर्ण Autopsy Report मा रहेका केही विवरणहरुलाई नै मृत्युको कारणका रुपमा लिन मिल्ने अवस्था हुँदैन र यस्ता नितान्त प्राविधिक विषयमा मनोगत रुपमा भन्दा विशेषज्ञको रायका आधारमा निष्कर्षमा पुग्नुपर्ने। (प्रकरण नं.२०) § साक्षीका शंकास्पद कथन र अपुष्ट परिस्थितिजन्य प्रमाणलाई आधार मानेर कसैलाई दोषी ठहर गर्न मिल्दैन, त्यसो गर्नु कानून र न्यायका मान्य सिद्धान्त विपरीत हुन जाने । (प्रकरण नं.२१) § मौखिक प्रमाण प्रत्यक्ष हुनुपर्छ, अर्थात् देख्न, सुन्न वा कुनै इन्द्रियको सहायताले थाहा पाउन सकिने कुनै कुरालाई प्रमाणमा दिन खोजिएको भए, सो कुरा प्रत्यक्ष देख्ने, सुन्ने वा थाहा पाउने व्यक्तिले त्यस सम्बन्धमा मौखिक प्रमाण दिएको हुनुपर्छ भन्ने प्रमाण ऐन, २०३१ को दफा ३७(२) को प्राबधानका आधारमा पनि त्यस्ता अस्पष्ट र अनिश्चयात्मक कथनलाई कसूरदार ठहर्याउने आधार बनाउन नमिल्ने । § परिस्थितिजन्य प्रमाण जहिले पनि प्रत्यक्ष हुनपर्छ, अनुमानबाट समर्थित हुने विषय होइन। के कस्तो परिस्थितिजन्य प्रमाण हो भन्ने कुरा स्पष्ट रुपमा खुलाउनु पर्छ, घटनासँग सम्बन्धित विभिन्न कडीहरु मालाकार रुपमा एक अर्कोसँग जोडिएको र त्यसबाट परिणामको स्वाभाविक निष्कर्ष आउनु पर्ने । § शवपरीक्षण गर्ने विशेषज्ञले मृत्युको कारणमा Asphyxia due to hanging भन्ने राय दिएको अवस्थामा मृतक झुण्डी मरेको भन्ने परिस्थिति बाहेक अन्य स्थितिको कल्पना गरी कुनै प्रत्यक्ष र अकाट्य प्रमाणको अभावमा दोषी ठहर गर्न प्रमाण सम्बन्धी कानून र न्यायका मान्य सिद्धान्त प्रतिकूल हुन जाने । (प्रकरण नं.२२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7908
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2064/09/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह
मुद्दा नं.०६३-CR-००३६
उद्धरण सन्दर्भने.का.प. २०६४, नि.नं. 7908
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्