नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7907 · वि.सं. २०६४
नि.नं. 7907 — धितो बन्धक फुकुवा ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ करारका निश्चित शर्तहरु हुन्छन्, निश्चित प्रयोजन हुन्छ र निश्चित कार्य सम्पन्न भएपछि त्यसको अवधि स्वतः समाप्त हुने । (प्रकरण नं.९) § एक प्रयोजनका लागि करारको एक पक्षलाई दिइएको धितो बन्धक अर्को प्रयोजन र करारको पक्ष नै नरहेको तेस्रो पक्षका लागि समेत प्रयोग गर्न दिने गरी जारी भएको काउण्टर ग्यारेण्टीलाई करार अनुरुपको मान्न सक्ने अवस्था नहुँदा त्यस्तो काउण्टर ग्यारेण्टीको दायित्व वादीले व्यहोर्नुपर्ने भनी अर्थ गर्न नमिल्ने । § जुन प्रयोजनको लागि जमानत दिइएको हो सो प्रयोजन समाप्त भै सकी त्यसका लागि राखिएको काउण्टर ग्यारेण्टी समेत फुकुवा भैसकेको तथ्य स्थापित भएपछि धितो बन्धकमा राखिएको जग्गा फुकुवा नहुने भनी धितो बन्धकलाई अनन्तकालसम्म कायम राख्ने गरी धितो फुकुवाको विषय धितो बन्धक लेखिदिने पक्षको अधिनमा नभै ऋणीको एकतर्फी अधिनको विषय बनाउन कानूनतः नमिल्ने । § निजी कानून भन्दैमा जस्तोसुकै करार गर्न पाइने, करारको लाभ करारको पक्ष नै नरहेको व्यक्तिले समेत उपभोग गर्न पाउने तर त्यसको दायित्व भने एकपक्षले वहन गर्नुपर्ने, करार बमोजिमको कार्य सम्पन्न भएपछि पनि करारले असिमित दायित्व सिर्जना गरेको भन्दै अनन्तकालसम्म दायित्वबाट मुक्त हुन नपाउने अवस्था सिर्जना गर्ने जस्ता कार्यलाई पनि न्यायिक परीक्षणको विषय नबनाउने भन्ने नहुने । § निजी कानूनको विषय भनी करार सम्बन्धी विषयलाई व्यवस्थित र नियमित गर्न बनेको कानूनी व्यवस्था भन्दा पृथक रहेर करारलाई आफूखुशी व्याख्या गर्न नहुने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7907 |
|---|---|
| मुद्दाको विषय | धितो बन्धक फुकुवा । |
| निर्णय वर्ष / मिति | 2064/12/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६४, नि.नं. 7907 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
