नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7906 · वि.सं. २०६४

नि.नं. 7906 — उत्प्रेषण परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ गयल भएको आधारमा गरिने गयल खारेज वा दिइने अवकाशको लागि सम्बन्धित कर्मचारी निर्धारित समयसम्म उपस्थित नरही गयल हुनु नै एकमात्र पर्याप्त कारण वन्नसक्ने । (प्रकरण नं.२१) § तोकिएको अधिकारीबाट बिदा स्वीकृत नहुन्जेल कुनै पनि कर्मचारी कामदार अनुपस्थित रहन सक्दैन (केही अपवाद बाहेक जस्तो बिरामी पर्दा आदि आदि....) । तर कानूनमा तोकिएको बिदा पाकेको भन्दैमा कार्यालय वा संगठनको काम नै ठप्प हुने गरी बिदा पाउने अधिकार कसैलाई नभएकाले justifiable and bonafide reason मा कर्मचारी या कामदारलाई पाकेको बिदाबाट कट्टि हुने गरी बिदा बस्ने स्वीकृति दिने कर्तव्य पनि employer को हुने भएकाले employer र Employee बीचको सम्बन्ध कायम गर्ने document सेवा सर्त सम्बन्धी कानून हो । सेवा सर्त सम्बन्धी कानूनमा बिदाको व्यवस्था, बिदा अवधि, बिदा दिने अधिकारी आदि सबै व्यवस्था हुने । § अकस्मात बिरामी परि बिदा स्वीकृत गराउन नसक्ने अवस्थाको भरपर्दो र विश्वासिलो प्रमाण वा कर्मचारीको कावू भन्दा वाहिरको परिस्थितिको कारण अपर्झट बिदा वस्न परी बिदा स्वीकृत गराउन नपाएको वा स्वीकृत अवधि भन्दा बढि बिदा बस्न परेको कारणको साँचो, भरपर्दो र विश्वासिलो प्रमाण पेश गर्ने कर्तव्य कर्मचारी वा कामदारको हो । यस्तो कारण र प्रमाण पेश गर्न नसकेमा वा नियममा तोकिएको बिदा भन्दा बढी बिदा बसेमा वा सुरुमा एक पटक बिदा स्वीकृत गरी बसेपनि पछि पूर्व स्वीकृति नलिई लगातार बिदा वस्दै गएमा कर्मचारी वा कामदारको यस्तो कार्यलाई absenteeism मानी कानूनको रीत पुर्‍याई कामदार वा कर्मचारीलाई कारवाही हुन सक्छ र कानुनको रित पुर्याई गरिएको कारवाहीलाई त्रुटिपूर्ण कारवाही नमानिने । § कानूनले Security of tenure प्रदान गरेको छ भन्दैमा गैह्र जिम्मेवारीपूर्ण काम गर्ने छुट कुनैपनि कामदार वा कर्मचारीलाई प्राप्त नहुने । (प्रकरण न.२६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7906
मुद्दाको विषयउत्प्रेषण परमादेश
निर्णय वर्ष / मिति2064/06/17
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री गौरी ढकाल | माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी
मुद्दा नं.०६४-NF-००१
उद्धरण सन्दर्भने.का.प. २०६४, नि.नं. 7906
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्