नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7904 · वि.सं. २०६४

नि.नं. 7904 — उत्प्रेषण परमादेश प्रतिषेध

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ न्यायको दृष्टिबाट फरक स्थितिका व्यक्ति वा विषयवस्तुमा वस्तुपरक रुपमा भर गरेर फरक किसिमको प्रकृया र पद्धति स्थापना गर्न सकिन्छ । तर एकपटक कानूनले न्याय खोज्ने बाटो तय गरिसकेकोमा बाटो छोडेर अर्को उपाय अवलम्वन गरेर न्याय खोज्ने कुरा अवधारणागत रुपमा नमिल्ने । § अदालतले कानूनद्वारा व्यवस्थित स्वीकार्य बाटोलाई छाडेर न्यायिक हस्तक्षेपको नाउँमा आफूखुसी न्याय निरोपण गर्न थाल्ने हो भने त्यसले अदालतलाई अराजकतातर्फ धकेल्छ, त्यसले विधिको शासनको प्रतिकूल गराउँछ । जतिसुकै कठिनाइ, असुरक्षा वा दण्डहिनताको स्थिति किन नहोस त्यसको निराकरण कानूनी बाटो बाटै हुनुपर्दछ, अबाटो गएर निराकरण गर्न खोजिएमा त्यसले विधीको शासनमा विकृति पैदा गरी न्यायिक अराजकता र असुरक्षा सिर्जना गर्ने । (प्रकरण नं.९) § विधिको शासनमा गंभीर ह्रास आइरहेको र सो को निराकरण तत्काल प्रचलित कानूनी उपायबाट गर्न नसकिने बाध्यात्मक परिस्थिति सिर्जना भएको देखिएको खण्डमा मात्र विधिको शासन एवं मानव अधिकारको प्रचलनका लागि न्याय र कानूनको बृहत्तर मान्यता भित्र रही निश्चित पद्धति र प्रकृया समेत स्थापना गर्दै यस अदालतले आफुमा अन्तरनिहित न्याय गर्ने अधिकारको प्रयोग साहससाथ गर्नु पर्ने । (प्रकरण नं.११) § सर्वोच्च अदालतले असाधारण अधिकार क्षेत्र ग्रहण गर्न निम्न शर्त पुरा भएको देखिनु पर्दछः (क) विवादको विषय वस्तु राज्य वा त्यस्को कुनै अंग निकाय वा अधिकारीको कृयाकलाप बाट उठान भएको वा त्यस्तो अधिकारीको सो कृयाकलापमा संलग्नता भएको देखिनु पर्दछ, (ख) विवाद राज्य वा त्यस्को कुनै अंग निकाय वा अधिकारीलाई मुख्य विपक्षी बनाई नीज विरुद्ध दायर भएको हुनुपर्दछ, (ग) विवादको विषय सार्वजनिक हक हित वा सरोकारको हुनुपर्दछ, (घ) विवादमा संवैधानिक वा कानूनी प्रश्न विद्यमान भए रहेको हुनुपर्दछ र (ङ) विवादको निरोपण केवल प्राज्ञीक प्रश्न सम्ममा मात्र सिमित नरहेर वास्तविक रुपमा हक हितको छिनोफानो गर्ने हुनुपर्दछ । (प्रकरण नं.१३) § मुद्दामा मर्का परे पारेको भनिएको विवादको सिर्जना गर्ने घटना वा कृयाकलापमा (Cause of action) संलग्न नभएको वा अनुपस्थित व्यक्ति दोषको भागी हुन सक्ने संभावना हुदैन । न्याय निरोपण गर्ने कुरा जसले अन्याय गरेको छ वा अन्याय पुग्ने कार्यमा जो संलग्न छ त्यस विरुद्ध मुद्दामा पक्ष बनाउन पर्ने । § जसले अन्याय गरेको भनिएको छ त्यसका कुरा नै सुन्नु पर्ने न्यायको मुख्य र आधारभूत मान्यता हो भने इन्साफ भएपछि त्यस्तो व्यक्तिबाट अन्यायमा परे पारिएकालाई न्यायको प्रतिफल दिलाउन अदालतका लागि सजिलो र उपयुक्त हुन्छ अनि अदालतका लागि त्यसो गर्न न्यायिक रुपबाट सहज र उचित हुने आधारमा मुद्दामा पक्ष बनाउन पर्ने सिद्धान्तले मुद्दाको विषयवस्तुमा प्रतिकूलता सिर्जना गर्ने वा संलग्न हुने व्यक्ति कुनै छुट्न हुदैन अनि मुद्दाको विषय वस्तुमा संलग्न नहुने व्यक्तिलाई पक्ष बनाएर झन्झट दुख दिन हुदैन भन्ने मुल अवधारणालाई मुर्तरुप दिनुपर्ने । (प्रकरण नं.१४) § सामुहिक सौदावाजीले श्रम सम्बन्धमा दुवै पक्षद्वारा राजी खुसीले तय गरेका सेवा तथा कामका शर्तहरू निर्धारण गर्न र सो सौदावाजीबाट तय भए अनुरुप सामुहिक सम्झौता गरी आपसमा हक अधिकार, कर्तब्य दायित्व वा सुविधा लिन दिन सक्ने स्वतन्त्रता दुवै पक्षलाई रहेभएकै देखिन आउने । (प्रकरण नं.२०) § कुनै सेवा प्रदायकले निर्धारण गरेको सेवाको मुल्य उचित अनुचित वा ठीक बेठीक के हो भन्ने कुरा प्रतिस्पर्धी उदार अर्थ व्यवस्था अन्तर्गत बजार (Market)ले मात्र निर्धारण गर्न सक्तछ । किनकि बजारले नै बढि मोल लिनेलाई दण्डित गर्न सक्तछ । प्रतिस्पर्धाबाट वस्तुको बिक्री वितरण हुन नपाउने गरी कार्टेलिङ्क जस्ता कार्य रोक्न, उपभोक्ताको सार्वजनिक हितका दृष्टिले कानून अनुरूप हस्तक्षेप गर्ने वा अत्यावश्यक वस्तुको सर्वसुलभता कायम राख्ने लगायतका कुरामा कानून बमोजिम बाहेक अरुमा सरकारले समेत वस्तु वा सेवाको मोलमा हस्तक्षेप गर्न नसक्ने । § होटल व्यवसायीहरूले प्रदान गर्ने सेवाको मुल्य निर्धारण गर्ने क्षेत्रभित्र सो मोलको हिस्साको रुपमा सेवा प्रदायकहरूका अभिन्न दुई पक्ष व्यवस्थापक एवं कामदारहरूको सामुहिक सौदाबाजीबाट सेवा शुल्क लगाएको कार्य सम्बन्धित होटल प्रतिष्ठानको मुल्य निर्धारण गर्न सक्ने आन्तरिक कुरा सम्झनु पर्ने । (प्रकरण नं.३६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7904
मुद्दाको विषयउत्प्रेषण परमादेश प्रतिषेध
निर्णय वर्ष / मिति2064/07/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तप बहादुर मगर | माननीय न्यायाधीश श्री पवन कुमार ओझा
उद्धरण सन्दर्भने.का.प. २०६४, नि.नं. 7904
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्