नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 790 · वि.सं. २०३०
नि.नं. 790 — परमादेश वा अन्य उपयुक्त आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निवेदकको बोलपत्रमा राखिएको शर्त इच्छाको विरूद्ध ठेक्का लिनै पर्छ नलिएमा अग्रिम डिपोजित जफत हुन्छ भन्न कानूनले नमिल्ने । निवेदकले आफ्नो बोलपत्रमा कुनै शर्त राख्न पाउने हो वा होइन सो शर्त श्री ५ को सरकारमा मञ्जूर नभए पनि निवेदकले ठेक्का लिनै पर्ने हुनआउँछ वा आउँदैन भन्ने कुरा नै विवादको मुख्य विषय हुन आएकोले तत्सबन्धमा विचार गर्दा रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२० को दफा २ (ग) मा बोलपत्रमा शर्त राखी दाखिल गर्न पाउने व्यवस्था सो ऐन अन्तर्गत बनेको नियम, २०२२ सालको अनुसूची ३ मा दिइएको बोलपत्रको फाराम ढाँचामा पनि बोलपत्र दाखिल गर्नेले शर्त राख्न पाउने उल्लेख भएको हुनाले रकम ठेक्का कबूल गर्ने व्यक्तिले आफ्नो शर्त राख्न पाउने कानूनी व्यवस्था नै देखिन आयो । प्रस्तुत ठेक्काको बोलपत्र आव्हान गर्ने सूचनाको दफा ८ मा ऐन नियम र सूचनाका विरूद्ध राखिएको शर्तलाई मात्र मान्यता नदिइने भन्ने उल्लेख गरेको हुनाले ऐन नियम अनुसारको शर्तलाई बोलपत्रमा राखेको कानून बर्खिलाफ राखेको भन्ने देखिँदैन । रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२० को दफा ९ मा ठेक्का दिनु नदिनु श्री ५ को सरकारको अधिकार सुरक्षित राखिएको हुनाले निवेदकको शर्तलाई मञ्जूर गरी दशवटै लटको ठेक्का दिन श्री ५ को सरकारलाई कानूनी बाध्यता छैन । निवेदकको शर्त मञ्जूर नभएमा निवेदनको बोलपत्र नै निवेदकको लागी अधुरो भए पछि निवेदक नै शर्त मञ्जूर नगरी कुनै लटको मात्र ठेक्का पाएमा मञ्जूर छ छैन भन्ने कुनै जानकारी नगराई श्री ५ को सरकारले ठेक्का दिएको आफ्नो बोलपत्रका विरूद्ध सो ठेक्का निवेदकले स्वीकार गर्न पर्ने कानूनी बाध्यता देखिएन । निवेदकको बोलपत्रमा लेखिएको शर्त मञ्जूर नभएपछि निवेदकको डाँक कबूल नै सदर हुन आएन यस्तो स्थितिमा निवेदकको बोलपत्रमा राखिएको शर्त इच्छाको विरूद्ध ठेक्का लिनै पर्छ नलिएमा अग्रिम डिपोजित ५ प्रतिशत जफत हुन्छ भन्न कानूनले मिल्दैन र यस्तो स्थितिमा डिपोजित जफत गर्ने कानूनमा व्यवस्था भएको कुरा निवेदकलाई दिएको सूचना निर्णयमा उल्लेख भएको पनि छैन । तसर्थ कानूनले व्यवस्था गरे बाहेक निवेदकको सम्पत्ति जफत हुन नसक्ने हुँदा सो डिपोजित जफत गर्ने भनी ०२८।४।२७ मा निवेदकलाई सूचना दिई निर्णय गरेको उत्प्रेषणको आदेशद्वार बदर हुने ठहर्छ यो आदेशको १ प्रति महान्यायाधीवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम बुझाई दिनु । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 790 |
|---|---|
| मुद्दाको विषय | परमादेश वा अन्य उपयुक्त आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2030/10/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३०, नि.नं. 790 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
