नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7893 · वि.सं. २०६४

नि.नं. 7893 — डाँका

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सह प्रतिवादीको पोल आफैले स्वतन्त्र प्रमाणको स्वरुप ग्रहण गर्न सक्दैन । त्यस्तो पोल अन्य स्वतन्त्र ठोस प्रमाणबाट समर्थित हुनुपर्ने । § प्रमाण ऐन, २०३१ को दफा २५ मा फौजदारी मुद्दामा अभियुक्तको कसूर प्रमाणित गर्ने भार वादीको हुनेछ भनी स्पष्ट रुपमा कानूनी प्रावधान भएको अवस्थामा यी प्रतिवादीहरूको डाँका वारदातमा संलग्नता छ भन्ने कुरालाई शंकारहित तवरले पुष्टि गर्ने किसिमका तथ्ययुक्त ठोस एवं सवुद प्रमाण वादी पक्षले प्रस्तुत गर्न नसकेको अवस्थामा केवल सह–अभियुक्तकै पोलको भरमा मात्र कसूरदार कायम गर्न न्यायोचित नहुने । § फौजदारी मुद्दामा समग्रतामा मूल्यांकन गरेर कसूरदार कायम गर्ने भन्दा पनि तथ्ययुक्त ठोस सवुद प्रमाणले प्रधानता पाउने । (प्रकरण नं.६) § मुलुकी ऐन, चोरीको महलको ६ नं. ले डाँका वारदात कायम हुनको लागि ४ जना भन्दा बढीको जमात भई जबरजस्ती वा रहजनीको रितसँग वा हात हतियार लिई उठाई छाडी वा हुलहुज्जत गरी चोरी गरेको हुनुपर्ने भनी डाँका वारदात कायम हुनका लागि आवश्यक पर्ने तत्वहरू तोकेको देखिँदा वारदातको प्रकृति, त्यसमा अभियुक्तको संख्यात्मक उपस्थिति, डाँका वारदातको पुष्टिको लागि डाँका वारदात स्थापित भइसकेको अवस्थामा ४ जना भन्दा कम व्यक्तिलाई पनि डाँका कसूरमा सजाय गर्ने मिल्ने । (प्रकरण नं.७) पुनरावेदक प्रतिवादीः विद्वान सह न्यायाधिवक्ता श्री युवराज सुवेदी प्रत्यर्थी वादीः विद्वान अधिवक्ता श्री लिलामणी पौडेल एवं वैतनिक अधिवक्ता श्री हेमराज अधिकारी

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7893
मुद्दाको विषयडाँका
निर्णय वर्ष / मिति2064/07/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोईराला
उद्धरण सन्दर्भने.का.प. २०६४, नि.नं. 7893
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्