नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7890 · वि.सं. २०६४

नि.नं. 7890 — उत्प्रेषण, परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विशेष अदालत ऐन, २०५९ को दफा १२ मा भएको कानूनी व्यवस्था अनुसार ऐनमा नलेखिए जतिमा जिल्ला अदालतलाई भए सरहको अधिकार र कार्यविधि प्रयोग गर्न सकिने भन्ने प्रावधानले जिल्ला अदालतले मुलुकी ऐन अदालती बन्दोबस्तको महलको ६२(५) न. बमोजिम खोलो पहिरो वा हिउँले बाटो बन्द भई वा यातायातको साधन नचल्नाले म्याद तारेख गुज्रेमा तारेख थामी दिन सक्ने भनी दिएको अधिकारको प्रयोग विशेष अदालत ऐन, २०५९ बमोजिमको कार्यप्रणाली अपनाई मुद्दा मामिलामा गरिएको कारवाहीमा समेत सो सुविधा नपाउने भनी व्याख्या गर्नु न्यायसंगत नहुने । § विशेष अदालत ऐन, २०५९ को दफा ११ को एक पटक बढीमा १५ दिनसम्म म्याद तारेख थामिन सक्ने भन्ने कुरा सामान्य व्यवस्था भएकाले यसलाई सवैले समान रुपमा उपभोग गर्न पाउँछन् तर अ.वं. ६२(५) नं. को व्यवस्था विशेष व्यवस्था भएकोले त्यसमा उल्लेखित विशिष्ट अवस्थामा वा परिस्थितिबाट पीडित हुने व्यक्तिले मात्र उपभोग गर्न सक्ने । § कानूनले स्पष्ट रुपमा खोलो पहिरो वा हिउँले बाटो बन्द भई वा यातायातको साधन नचल्नाले म्याद तारेख गुज्रेमा तारिख थामी दिने भनी स्पष्ट व्यवस्था गरेको कुरालाई अदालतले संकूचित व्याख्या गरी त्यसको दायरालाई खुम्चाउन उचित नहुने । § कानूनले दिएको सुविधालाई यथासम्भव पक्षको सुविधा र हित अनुकूल हुने गरी व्याख्या भएमा त्यस्तो कानूनी व्यवस्थाको सार्थकता रहन्छ । विशेष अदालत ऐन, २०५९ को कार्यप्रणाली अपनाई मुद्दाको कारवाही गरिएको अवस्थामा समेत अ.वं. ६२(५) नं.बमोजिमको म्याद तारेख थाम्ने सुविधा उक्त मुद्दाको पक्षहरूले पाउने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7890
मुद्दाको विषयउत्प्रेषण, परमादेश
निर्णय वर्ष / मिति2064/07/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला
उद्धरण सन्दर्भने.का.प. २०६४, नि.नं. 7890
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्