नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7889 · वि.सं. २०६४

नि.नं. 7889 — जग्गा खिचोला घर उठाई चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अदालतबाट भै आएको नक्सामा उल्लेख भएको प्रतिवादीले भोग गरेको विवादको जग्गा होइन भनी नक्सा मुचुल्कामा लेखाइदिएपनि आधिकारीक रुपमा नाप नक्सा भई तयार भएको दर्ता श्रेस्तालाई चुनौती दिनको लागि वस्तुनिष्ट प्रमाण पेश गर्नुपर्ने । § हकको स्वामित्वको प्रमाण पेश हुन नसकेको अवस्थामा अन्य कुनै पनि आधारले एकाको हकभोगको जग्गामा अन्य व्यक्तिको अधिकार रहेको भन्नु प्रमाण र कानूनको रोहमा उपयुक्त नहुने । § प्रतिवादीले मौखिक सहमतिको आधारले जग्गामा आफ्नो हक भएको भने पनि हक भएको कुराको लिखत प्रमाण पेश दाखिल हुन नसकेको अवस्थामा अन्य गैह्र आधार र मौखिक सम्झौताले अधिकारको श्रृजना गर्न नसक्ने । § जग्गाको हकको स्रोत र स्वामित्वको सम्बन्धमा लिखित प्रमाण नै सर्वोत्तम प्रमाण हुने हुँदा सो वाहेकका अन्य प्रमाणले हकको स्रोतको लिखत प्रमाण सरहको स्थान लिन नसक्ने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7889
मुद्दाको विषयजग्गा खिचोला घर उठाई चलन
निर्णय वर्ष / मिति2064/10/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री ताहिरअलि अन्सारी
उद्धरण सन्दर्भने.का.प. २०६४, नि.नं. 7889
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्