नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7888 · वि.सं. २०६४

नि.नं. 7888 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अदालतको आदेश वा फैसलाको पालना गर्नुपर्ने व्यक्तिले कुनै प्रकारबाट छलेर अदालतको फैसला वा आदेशलाई पाखा लगाउने कार्य कानूननः नमिल्ने । (प्रकरण नं.७) § मृतकको शरिरमा परेको दुवै फायर बरोबर रुपमा घातक रहेको, यही गोलीबाट लागेको घाउका कारण मृत्यु भएको भनी छुट्याउन नसकिने तर मृत्युको कारणमा ँष्चभ ब्चm क्ष्लवगचथ भएपछि र मृतकको शरिरमा लागेका गोलीको कारणले अत्याधिक रक्तस्राव भएको भन्ने देखिएको अवस्थामा त्यस्तो चोट प्रहार गर्ने उपर ज्यान सम्बन्धी १३(३) को सर्वश्वसहित जन्मकैद हुन सक्ने व्यवस्था आकर्षित नहुने भन्न सकिने स्थिति नदेखिने । (प्रकरण नं.११) § आत्मरक्षाको जिकिर लिनेले आफू माथि आक्रमणको निश्चितता, त्यो आक्रमणलाई विफल बनाउन कुनै उपाए नभएको र उपाय भएपनि आक्रमणको शक्तिका कारण रोक्न नसक्ने अवस्था परी तत्कालीन खतरा र जोखिमबाट बच्न शक्तिको प्रयोग भएको अवस्था प्रमाणित गर्न अनिवार्य हुने । (प्रकरण नं.१२) § कानूनी व्यवस्थाको आधारमा वात नलाग्ने सुविधा प्राप्त गर्न सोही कानूनी व्यवस्थाले तोकेका अवस्था आइपरेको अवस्थामा ज्यान बचाउन खातिर ज्यान मारेको अवस्था प्रमाणित हुन आवश्यक हुने । § ज्यान सम्बन्धीको ७(१) को कानूनी व्यवस्थामा राज्यले व्यक्तिलाई आफ्नो आत्मरक्षाको निमित्त आवश्यक परेसम्म शक्ति प्रयोग गर्न सकिने मान्यतामा आधारित रहेको देखिएतापनि आत्मरक्षा निमित्त शक्तिको प्रयोग आवश्यक थियो भन्ने तथ्य पुष्टि हुनुपर्ने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7888
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2064/07/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६४, नि.नं. 7888
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्