नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7887 · वि.सं. २०६४

नि.नं. 7887 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ संस्थाको अधिकार र कर्तव्य संस्थाको विधानले निर्धारण गरे बमोजिम हुने । § कानूनी व्यक्तिको भौतिक गतिविधि नहुने हुँदा कानूनी व्यक्तिले आफ्नो काम गर्नको निमित्त प्राकृतिक व्यक्ति वा व्यक्तिहरूको समूहलाई आफ्नो विधानले अख्तियार प्रदान गरेको हुनुपर्ने । § विधानले दिएको अधिकार बमोजिम स्कुलका अध्यक्षले स्कुलको प्रतिनिधिको हैसियतले सद्‌भाव साथ गरेको स्कुल सम्बन्धी कार्यबाट श्रृजित भएको दायित्व स्कुलकै हुने र सो दायित्व पूरा गर्ने कर्तव्य पनि स्कुलकै हुने । (प्रकरण नं.८) § स्कूलका अध्यक्षको हैसियतले गरेको काम कार्य स्कुलकै हुने हुँदा स्कुलसँग कुनै सरोकार नै नभएको अध्यक्षको श्रीमतीबाट स्कूलले व्यहोर्नु पर्ने दायित्व व्यहोराउनु कानूनतः नमिल्ने । (प्रकरण नं.९) § संविधानको धारा १७ बमोजिमको साम्पत्तिक अधिकार हनन भयो भनी जिकिर लिएको तर के कसरी कुन सम्पत्ति प्रयोग गर्न नदिई हक अधिकार हनन हुन गएको हो सो कुरा उल्लेख गर्न नसकेबाट निवेदन दावी बमोजिम निजको संविधान प्रदत्त हकमा आघात पुगेको भन्ने कुरा देखिन नआउने । (प्रकरण नं.१०) § स्कुलको अध्यक्षको हैसियतले गरेको कार्यबाट श्रृजित दायित्व स्कुलसँग बेसरोकार रहेकी स्कुलको अध्यक्षको श्रीमतीका नामको सम्पत्ति कानून बमोजिम रोक्का राख्न नमिल्ने भनी भएको निर्णय पुनरावेदन अदालतको तहबाट परिक्षण भै सदर समेत भएको र सो निर्णयबाट निवेदकको हक अधिकारमा आघात पुग्न गएको अवस्था नदेखिने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7887
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2064/08/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री तपबहादुर मगर
उद्धरण सन्दर्भने.का.प. २०६४, नि.नं. 7887
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्